कीवर्डहरू -

नासाको पर्सिभियरेन्स रोभर मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गर्न सफल 

नासाको पर्सिभियरेन्स रोभर मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गर्न सफल 

नासाको पर्सिभियरेन्स रोभरले मङ्गल ग्रहबाट पहिलो नमूना सकंलन गरेको छ । सुरुमा नासाको पर्सिभियरेन्स रोभरले मङ्गल ग्रहबाट नमूना सकंलन गर्नमा असफल भएको थियो ।

अन्तरिक्ष एजेन्सीले पेन्सील जस्तो चौडाई भएको जंग लागेको जस्तो रङ्ग भएको ढुङ्गा रोभरको स्याम्पल ट्युबमा राखिसकिएको छ । पहिले पनि यस्तै गरेर पछि ट्युबमा हेर्दा ट्युब खाली पाइएको थियो तर यो पालि सफल भएको नासाले ठहर गरेको छ ।

वैज्ञानिहरुले पहिलो नमूना हराएकोलाई रहस्यको रुपमा लिएका थिए तर नासाले त्यो ढुङ्गाा धेरै पाउडर खालको भएकाले ट्युबमा नरहेको बताएको छ । शनिबार घाम लागेर नमूना ढुङ्गाको फोटो हेर्न सकिन्छ । अब पर्सिभियरेन्सले त्यसलाई प्रोसेस गरेर सिल गर्नेछ ।