कीवर्डहरू -

एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना

एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना

नेपाली कांग्रेसले सामाजिक सञ्जालमा प्रभाव जमाउन र प्रतिपक्षको प्रतिरोध गर्न साइबर सेना गठन गरेको छ ।

यसअघि सरकारमा हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि साइबर सेना गठन गरेको थियो । साइबर सेना बनाएको भन्दै व्यापक आलोचना भए पनि नेपाली कांग्रसले पनि सोही सिको गर्दै साइबर सेना गठन गरेको छ ।

कांग्रेसले नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी वीन) गठन गरेको हो । कांग्रेसले  सूचना, संचार तथा प्रचार विभागको सोमबार सम्पन्न भएको भर्चुअल बैंकमा एनसी वीन गठन गरेको हो ।

कांग्रसले दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसी वीन गठन गरेको छ । एनसी वीनलाई सातै प्रदेशमा विस्तार गने योजना रहेको विज्ञप्तीमा उल्लेख छ ।


\"\"