कीवर्डहरू -

विन्डोज ११ इन्स्टल गर्न बुटेबल यूएसबी ड्राइभ कसरी बनाउने ?

विन्डोज ११ इन्स्टल गर्न बुटेबल यूएसबी ड्राइभ कसरी बनाउने ?

माइक्रोसफ्टले विन्डोज ११ को घोषणा गरेसँग अहिले यसको चर्चा चुलिएको छ । अहिले विन्डोज ११ को पूर्ण भर्सन सार्वजनिक भएको छैन्  । प्रयोगकर्ताले बेटा भर्सन प्रयोग गरिरहेका छन् ।

के तपाईलाई पनि विन्डोज ११ प्रयोग गर्न मन छ ? यदी मन छ भने तपाईले विन्डोज इन्साइडरमा रजिष्टर गरेर प्रयोग सक्नुहुन्छ ।

साथै यूएसबी ड्राइभलाई बुटेबल बनाएर पनि गर्न सकिन्छ । यसलाई क्लिन इन्सटल पनि भनिन्छ । यसका लागि १६ जिबी स्टोरेज भएको यूएसबी ड्राइभ चाहिन्छ ।

विन्डोज ११ आईओएस डाउनलोड

यसका लागि सर्वप्रथम वेब ब्राउजर खोल्नुहोस् र त्यसपछि यहाँ क्लिक गर्नुहोस् । अनि तलसम्म स्क्रोल गरेर कुन भाषा र एडिसनमा डाउनलोड गर्ने भनेर ड्रपडाउन मेन्युमा सेलेकट गर्नुपर्छ ।

बुटेबल यूएसबी ड्राइभका लागि विन्डोज ११ २२०००.१३२ भर्सन छान्नुपर्छ । त्यसपछि भाषा छानेर डाउनलोड गर्न कन्फर्म बटन छान्नुपर्छ ।

यूएसबी ड्राइभ बुटेबल बनाउन

बुटेबल यूएसबी ड्राइभ बनाउन टूल डाउनलोड गर्नुपर्छ । यसका लागि माईक्रोसफ्ट मिडिया क्रियसन टूल प्रयोग गर्न सकिन्छ । सर्वप्रथम यहाँ क्लिक गरेर डाउनलोड न्यू टूल भन्ने बटनमा क्लिक गर्नुपर्छ ।

डाउनलोड भए पछि यूएसबी ड्राइभ प्लग इन गरेर टूल खोल्नुपर्छ । अब क्रियट इन्स्टलेसन मिडिया फर आनदर पिसी भन्ने अप्सन छान्नुपर्छ ।

यसपछि नेक्सट बटन क्लिक गर्नुपर्छ र फेरि नेक्सट थिच्नुपर्छ । त्यसपछि यूएसबी ड्राइभ भन्ने अप्सन छान्नुपर्छ । यसपछि नेक्सट बटन क्लिक गरेर फिनिस थिच्नुपर्छ ।

यो प्रक्रियाका लागि केही समय लाग्ने गर्दछ । सबै प्रक्रिया सकिएपछि सिस्टम रिस्टार्ट गरेर बायोस स्टार्ट गर्नुपर्छ । त्यहाँ यूएसबी ड्राइभबाट बुट अप्सन छान्नुपर्छ ।