कीवर्डहरू -

वेब भर्सनमा प्रयोगकर्तालाई ब्लक नगरेरै फलोअर हटाउने फिचर परीक्षण गर्दै ट्विटर

वेब भर्सनमा प्रयोगकर्तालाई ब्लक नगरेरै फलोअर हटाउने फिचर परीक्षण गर्दै ट्विटर

ट्वीटरले वेब भर्सनमा प्रयोगकर्ताहरुलाई ब्लक नगरिकनै फलोअरहरुलाई हटाउने फिचरको परिक्षण गरिरहेको छ । यो फिचरले अनलाइन उत्पीडनलाई कम गर्न सहयोग पुयाउने कम्पनीको विश्वास रहेको छ ।

तपाईले हटाएको फलोअरको फिडबाट बिना नोटिफिकेसननै तपाईको कुनै पनि पोस्ट त्यो प्रयोगकर्ताको फिडमा देखिदैन् । यसले अनलाइन खतराबाट प्रयोगकर्ताहरुलाई धेरै हदसम्म जोगाउनेछ ।

यो फिचर आधिकारिक रुपमा कहिले आउँछ भनेर कम्पनीले केही पनि बताइएको छैन् । यो फिचर प्रयोगकर्ताहरुको गोपनीयता बढाउनका लागि ल्याइनेछ ।

केही दिन अघि ट्वीटरले ट्वीट अर्काइभ गर्ने र सेफ्टी मोडको पनि जाँच गरिरहेको थियो । सामाजिक सञ्जालमा उत्पीडनको दर बढदै गईरहेकाले एपले कम गर्न हरेक प्रयास गरिरहेको छ ।