कीवर्डहरू -

दराजले सार्वजनिक गर्‍यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर

दराजले सार्वजनिक गर्‍यो ‘जेम्स’ सुविधा, अब ग्राहकले पाउनेछन् निःशुल्क भौचर

दराजले इनएप सुविधा ‘दराज जेम्स’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एपबाट सामान खरिद गर्दा भौचर पाउने छन् ।

‘जेम्स’ दराज एपमा लगातार खरिद गरिरहेका ग्राहकहरूका लागि उपलब्ध गरिएको एक इनाम प्रणाली भएको दराजले जनाएको छ ।

ग्राहकहरुले जेम्स कलेक्ट गरि भौचरको लागि रिडिम गर्न सक्नेछन् र त्यो भाउचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सक्नेछन् ।

यसैगरी ग्राहकहरुले तीन फरक तरिकाबाट जेम्स कमाउन सक्नेछन् । दराज एपमा हरेक दिन लगइन गरी दराजबाट सामान खरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरू पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिने दराजले जनाएको छ ।