कीवर्डहरू -

केही प्रयोगकर्तालाई फिडमा माथि देखाउने फिचर परीक्षण गर्दै इन्स्टाग्राम

केही प्रयोगकर्तालाई फिडमा माथि देखाउने फिचर परीक्षण गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले केही प्रयोगकर्तालाई फिडमा माथि देखाउने फिचर आन्तरिक रुपमा परीक्षण गर्दै छ । यसले प्रयोगकर्ताहरुलाई कुन पोस्टलाई माथि ल्याउने भनेर अल्गोरिदम सञ्चालन गर्न मद्दत गर्नेछ ।

यो टुलले साथी, परिवारका सदस्य, क्रियटरहरुको अकाउन्टलाई एड गर्न दिनेछ जसले गर्दा सफ्टवेयरले त्यस्तो अकाउन्टहरलाई प्राथमिक्ता दिन्छ ।

प्रयोगकर्ताले पटकपटक आफूले चाहेको मान्छेको पोस्ट हेर्न नसकेको भनेर गुनासो राखिरहेपछि यो फिचरलाई एपले सार्वजनिक गर्न लागेको हो ।

अहिलेसम्म इन्स्टाग्रामको अल्गोरिदमले पोस्ट कतिको चर्चित छ भन्ने कुरालाई याद गरेर कति प्रयोगकर्तालाई देखाउने भनेर निर्णय गर्ने गर्दछ ।

त्यस्तै तपाईले कुनै अकाउन्टसँग कतिको अन्तर्क्रिया गर्नुहुन्छ भन्ने कुराले पनि पोस्ट देखाउने की नदेखाउने भनेर फरक पार्ने गर्दछ । यो फिचर आधिकारिक हुन्छ की हुँदैन् भनेर अहिलेसम्म थाहा भएको छैन् ।