कीवर्डहरू -

‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू

‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारा माउन्ट मोटर्स प्राइभेट लिमिटेडले ‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू गरेको छ । भारतीय बजारमा लञ्च भएपछि यसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । अब हेक्टर नेपाली बजारमा भित्रिन तयार भएको छ । यो गाडी हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउँदैछ ।

यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।यो विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ्ग ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिने कम्पनीले जनाएको छ । यो २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदैछ ।

एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेञ्चमार्क स्थापित गरेको छ । यो गाडी २५+ सुरक्षाका सुविधाहरुका साथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र  गति चेतावनी एलर्ट सहित उपलब्ध रहेको छ ।