कीवर्डहरू -

प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको जाँच गर्दै इन्स्टाग्राम

प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको जाँच गर्दै इन्स्टाग्राम

प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको इन्स्टाग्रामले परीक्षण गरिरहेको छ । इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्नका लागि कम्पनीको सेवा प्रभावित हुँदा तत्कालै प्रयोगकर्तालाई जानकारी दिने फिचर परीक्षण गरिरहेको बताएको छ ।

प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई न्युजफिडमै जानकारी दिने फिचरको परीक्षण भइरहेको हो । यो फिचर सर्वप्रथम अमेरिकी प्रयोगकर्ताहरु माथि परीक्षण भइरहेको छ । राम्ररी परीक्षण पश्चात मात्रै यो फिचर अरु प्रयोगकर्ताहरुलाई उपलब्ध गराईनेछ ।

केही दिन अघि मात्रै फेसबुक सहित म्यासेन्जर, इन्स्टाग्रामका सेवा घण्टौंसम्म अवरुद्ध आएको थियो जसले धेरै प्रयोगकर्ताहरुलाई असर पारेको थियो र अब यस्तै अवस्थालाई लक्ष्ति गर्दै एपले यो फिचर ल्याउने भएको हो ।