कीवर्डहरू -

डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा

डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । कम्पनीले डिशहोमको रिचार्ज गर्ने ग्राहकलाई १० एमबीपीएसको डिशहोम फाइबरनेट उपलब्ध गराउने भएको हो ।

डिशहोमको रिचार्जमा इन्टरनेट    सित्तैमा योजना अन्तर्गत कम्पनीले इन्टरनेट प्रदान गर्न लागेको जनाएको छ । यस योजना अन्तर्गत डिशहोम ग्राहकले मासिक ६ सय रूपैयाँमा १० एमबीपीएसको डिशहोम फाइबर नेट पाउने छन् ।

यो योजना डिशहोम फाइबर नेट उपलब्ध रहेको ठाउँमा लागु हुनेछ । देशका प्रमुख शहरहरूमा डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । नेपालको एक मात्र डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमका देशभर २० लाख ग्राहक छन् ।