कीवर्डहरू -

मोबाइलबाटै बिग बिंगो गेम निःशुल्क खेल्न सकिने, हरेक हप्ता ५१ हजार जित्ने अवसर

मोबाइलबाटै बिग बिंगो गेम निःशुल्क खेल्न सकिने, हरेक हप्ता ५१ हजार जित्ने अवसर

नेपालीहरुले बनाएको बिग बिंगो नेपालमा निःशुल्क खेल्न सकिने भएको छ । नेपालमा निःशुल्क  टिकट लिएर आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ ।

खेलमा पहिलो÷दोस्रो र तेस्रो लाइनको पुरस्कारस्वरुप ११÷११ हजार रुपैयाँ जित्न सकिने छ । यस्तै,अन्त्यमा हाउसफुलको पुरस्कारस्वरुप ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सकिने बताइएको छ ।

विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरुले बनाएका हुन । यो गेम खेल्नका लागि प्ले स्टोरबाट बिग बिँगो टाइप गरेर डाउनलोड गरेपछि टिकट लिएर खेल्न सकिन्छ ।

आईओएसतर्फ भने प्रयोगकर्ताहरूले डब्लूडब्लू डट प्ले बिगबिंगो डट कम लगइन गरेर टिक लिन सक्छन् । यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखि योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सकिनेछ ।

टिकट लिनको लागि भिडियो हेर्नुपर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको कम्पनीले बताएको छ ।