कीवर्डहरू -

रियलमी नार्जो सिरिजका २ स्मार्टफोन दराजबाट प्रि अर्डर गर्न सकिने, कति होला मूल्य ?

रियलमी नार्जो सिरिजका २ स्मार्टफोन दराजबाट प्रि अर्डर गर्न सकिने, कति होला मूल्य ?

रियलमी नार्जो सिरिजका २ स्मार्टफोन दराजबाट प्रि अर्डर गर्न सकिने छ । रियलमी नेपालले नोर्जो सिरिजका २ फोन प्रि अर्डरका लागि दराजमा उपलब्ध गराएको हो ।

दराजबाट रियलमी नार्जो ५० आई र नार्जो ५० ए प्रिअर्डर गर्न सकिने छ । यी दुबै फोन २ भेरियन्टमा उपलब्ध छन् ।रियलमी नार्जो ५० आई २ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज र ४ जीबी तथा ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ ।

त्यस्तै ४ जीबी रहेको रियलमी नार्जो ५० ए ६४ जीबी र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । नोर्जो ५० आईमा ५ हजार एमएएचको ब्याट्री रहेको छ भने फेस अनलकको सुविधा समेत रहेको छ । यसमा ६.५ इन्च एचडी प्लस एलसीडी डिस्प्ले राखिएको छ ।

साथै डुअल सिम सपोर्ट, एन्ड्रोइड ११ मा आधारित रियलमी युआई सुविधा रहेको छ । यसमा युनिसोकको अक्टा कोर प्रोसेसर रहेको छ । फोनमा ८ मेगापिक्सेल रियर क्यामेरा र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ ।

२ जीबी र्‍याम भएको यसको सुरूवाती मूल्य १२ हजार ९९९ रूपैयाँ तोकिएको छ । भने ४ जीबी र्याम भएको नार्जो ५० आईको मूल्य १५ हजार ४९९ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी नार्जो ५० एमा ६.५ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले रहेको छ । पछाडी यसमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको बीएण्डडब्लु क्यामेरा रहेको छ । त्यस्तै सेल्फीको लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

एन्ड्रोइड ११ मा आधारित रियलमी युआई रहेको नोर्जो ५ एमा डुअल सीम, फिंगरप्रिन्ट जस्ता सुविधा छन् । यसमा मिडिया टेक हेलियो जी ८५ प्रोसेसर प्रयोग गरिएको छ ।

६ हजार एमएएच ब्याट्री रहेको फोनले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ६४ जीबी स्टोरेज भएको नार्जो ५० एको मूल्य १९ हजार ४९९ रूपैयाँ तोकिएको छ । भने १२८ जीबी स्टोरेज भएको फोनको मूल्य २१ हजार १९९ तोकिएको छ ।