कीवर्डहरू -

क्वालकमले ल्यापटपका लागि बनायो पाँच न्यानोमिटरको आर्म प्रोसेसर

क्वालकमले ल्यापटपका लागि बनायो पाँच न्यानोमिटरको आर्म प्रोसेसर

क्वालकमले विन्डोज ल्यापटपका लागि पाँच न्यानोमिटरको आर्म चिपसेटको निर्माण गरेको छ । कम्पनीले पाँच न्यानोमिटर आर्म चिपसेटको नाम स्न्यापड्रयागन ८ सिएक्स जेन थ्री राखेको छ ।

यो अल्ट्रा स्लीम रहेको छ । यो चिपसेटले पहिलेभन्दा ८५ प्रतिशत राम्रो परफर्मेन्स दिनेछ । फाइभजीको उपलब्धतासँगै यस चीपले केही दिनसम्म ब्याट्री लाइफ पनि प्रदान गर्ने जनाइएको छ ।

स्नापड्रागन ८ सिएक्स जेन थ्रीमा कामहरु पनि छिटो गर्न सकिन्छ । यो चिप प्रयोग गरिएको फोनको क्यामेराले पनि फोर के एचडीआर क्वालिटी प्रदान गर्ने गर्दछ । यो चिपले गेमिङमा पनि धेरै सहयोग गर्ने बताइएको छ ।