कीवर्डहरू -

प्रदेशमा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तर जाँच गर्दै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

प्रदेशमा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तर जाँच गर्दै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच, मापन र गुणस्तर विश्लेष्ण गर्ने भएको छ । यसका लागि प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै राष्ट्रियरूपमा परामर्शदाताको आशयपत्र माग गरेको छ ।

इच्छुक परामर्शदाताले आगामी जनवरी ९ सम्म आशयपत्र पेश गर्न सक्ने छन् । आशयपत्रका लागि डकुमेन्ट नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, वेबसाइट र बोलपत्र डटजीओभी डटएनपीबाट लिन सकिने छ ।

आशयपत्रको मूल्यांकन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताको आधारमा हुनेछ । आशयपत्रको मूल्यांकनका आधारमा शर्ट लिष्टेड फर्महरूलाई प्राविधिक र वित्तिय प्रस्तावका लागि अनुरोध गरिने प्राधिकरणले जनाएको छ । आशयपत्रमा पास हुन कम्तिमा ६० अंक ल्याउनु पर्ने छ ।