बिहीबार, ५ जेठ, २०७९
Thursday, 19 May, 2022

सन् २०२१ मा टेस्लाले निर्यात गर्याे दश लाख विद्युतिय गाडी 

टेस्लाले सन् २०२१ मा करिब दश लाख विद्युतिय गाडीहरु निर्यात गरेको छ । कम्पनीले सन् २०२१ मा ९ लाख ३६ हजार १७२ विद्युतिय गाडीहरु डेलिभर गरेकोे तथ्याकं खुलाएको थियो ।

सन् २०२० मा टेस्लाले ४ लाख ९९ हजार ५५० टेस्ला डेलिभर गरेको थियो । मोडेल एस र मोडेल एक्सको विक्रि सन् २०२१ मा पहिलेको भन्दा धेरै कम भएको छ ।

सन् २०२० मा ५७ हजार ३९ कार डेलिभर गरेको थियो र सन् २०२१ मा यो सङ्ख्या २४ हजार ९६४ मा झरेको छ । चिप अभावले पनि टेस्ला माग अनुसार गाडी डेलिभर गर्न असफल भएको छ । 

 

सम्बन्धित समाचार