कीवर्डहरू -

बिएमडब्लुले रंग परिवर्तन गर्ने गाडी निर्माण गर्ने 

बिएमडब्लुले रंग परिवर्तन गर्ने गाडी निर्माण गर्ने 

बिएमडब्लुले रंग परिवर्तन गर्ने गाडीको प्रोटोटाइप सार्वजनिक गरेको छ । कम्पनीले ई इन्क प्रविधिमा आधारित रंग परिवर्तन गर्ने कारको प्रोटाइप सार्वजनिक गरेको हो ।

यसले मौसम, ट्राफिकको अवस्था वा चालकको मूडको आधारमा रगं परिवर्तन गर्ने गर्दछ । यो गाडीको निर्माण प्रक्रिया अझै पनि सुरु भएको छैन् ।

कम्पनीले यसमा इलेक्ट्रोफोरेटीक कलरिङ सामाग्री प्रयोग गर्नेछ । यसलाई भेइकल बढी र्‍यापको रुपमा लगाइन्छ र हरेक र्‍यापमा पोजिटिभ र नेगेटिभ चार्ज गरिएको पदार्थ हुने गर्दछ ।

सुरुमा सिमित रंग भएता पनि पछि प्यालेटलाई अझै विस्तार गरिनेछ । यसले गर्दा धेरै ओटा रंगमा गाडी चालकले आफ्नो गाडीलाई बनाउन सक्छन् । यसले गाडी चलाउनुलाई अझै रमाइलो बनाउन सक्नेछ ।