कीवर्डहरू -

नेपाली बजारमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्टवाच सार्वजनिक

नेपाली बजारमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्टवाच सार्वजनिक

लामो समयदेखि प्रविधिमैत्री उत्पादनहरु बजारमा ल्याईरहेको टेक स्टुडियोले नयाँ ब्राण्डको स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्ट वाच उपलब्ध गराएको हो ।

एक्यूफिट डब्लू ६ (AQFiT W6) फिटनेस वेयरेबल नेपाली बजारमा हिप र ट्रेन्डी थपिएको छ । नेपाली बजारमा सूपथ मूल्यको एक्यूफिटका उत्पादनहरुलाई ग्राहकको रुचीअनुसार विस्तार गर्ने क्रममा एक्यूफिट डब्लू ६ फिटनेस वेयरेबल लन्च गरेको कम्पनीले बताएको छ ।

यो नयाँ स्मार्टवाच नेपाली बजार सुहाउँदो धेरै फिचर भएको र बजेट मूल्यमा आएको कम्पनीको भनाइ छ । आगामी दिनमा कम्पनीले थप वेयरेबल समेत लन्च गर्ने योजना बनाएको छ ।

यसमा संगीत नियन्त्रण, कल र सन्देश नोटिफिकेसन, रिमाइन्डर, सामाजिक मिडिया सूचना, र क्यामरा नियन्त्रणलगायतका सुविधाहरुले प्रयोगकर्ताहरुलाई फोन बाहिर झिकिरहनुपर्ने समय बचत गर्नेछ ।

यो स्मार्टवाचबाट प्रयोगकर्ताहरूले प्रकदम, मुटुको गति, अक्सिजन स्तर, निद्राको गुणस्तर, क्यालोरी बर्न, र अन्य विषयहरु सक्रियरुपमा जाँच गर्न सक्ने छन् ।

वाचमा २०० एमएएच ब्याट्री राखिएको छ । यसको ब्याट्री दैनिक रूपमा प्रयोग गर्दा ७ देखि १० दिन र स्ट्यान्डबाइमा ३० दिनसम्म टिक्ने कम्पनीको दावी छ । नेपाली बजारमा एक्यूफिट डब्लू ६ स्मार्ट वाचको लञ्चिङ अफर मूल्य ४,९९९ रुपैयाँ तोकिएको छ र यो नेपालभरी उपलब्ध रहेको छ ।