कीवर्डहरू -

हानीकारक कन्टेन्ट देखाउन कम गर्ने एल्गोरिदम मिलाउँदै इन्स्टाग्राम

हानीकारक कन्टेन्ट देखाउन कम गर्ने एल्गोरिदम मिलाउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले हानीकारक कन्टेन्टहरु देखाउन कम गर्ने भएको छ । एपले एल्गोरिदमलाई मिलाएर उत्पीडन, अनैतिक शब्दावलीको प्रयोग र अपराध सम्बन्धी पोस्टहरुलाई माथि आउन नदिएर धेरै दर्शकको फिडमा पुग्न दिदैन् ।

यस्तो कन्टेन्टमा एप पहिले देखिनै सावधान रहेको थियो र अब झनै यस्तो कन्टेन्टलाई राम्ररी मिलाउन लागेको छ ।

प्रयोगकर्ताले कुनै खालको पोस्ट पहिले पनि रिपोर्ट गरेका थिए भने त्यस्तो खालको अरु कन्टेन्ट पनि एपले देखाउँदैन् ।

सन् २०२० देखि फ्याक्ट चेकर प्रयोग गरेर एपले गलत जानकारीहरुलाई पनि हटाउने गरेको छ ।