कीवर्डहरू -

१३ औं वार्षिकोत्सवको अवसरमा इसेवाको अफर, १३ प्रतिशत क्यासब्याक देखि १३० रूपैयाँ बोनससम्म

१३ औं वार्षिकोत्सवको अवसरमा इसेवाको अफर, १३ प्रतिशत क्यासब्याक देखि १३० रूपैयाँ बोनससम्म

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले आफ्नो १३ वार्षिकोत्सवको अवसरमा विभिन्न अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत इसेवामा दर्ता हुँदा ‘CELEBRATION’ प्रोमो कोड प्रयोग गरेमा १३० रूपैयाँ बोनस पाइने छ । यो सुविधा पहिलो १ हजार नयाँ प्रयोगकर्ताले पाउने छन् ।

त्यस्तै इसेवाबाट पैसा तिर्दा १३ प्रतिशत (१३० रूपैयाँसम्म) क्यासब्याक पाइने छ । यसका लागि ‘13YEARS’ प्रोमो कोड प्रयोग गर्नुपर्ने छ । यो सुविधा पहिलो १३ हजार १३ ग्राहकले पाउने छन् ।

त्यसैगरी इसेवामा आफ्नो बैंक अकाउन्ट लिंक गर्दा १३० रूपैयाँ बोनस पाइने छ । यी अफर आगामी जनवरी २५ सम्म लागु हुनेछन् ।

इसेवाले आगामी जनवरी २५ मा आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ । इसेवाका ६० लाखभन्दा बढी ग्राहक छन् भने १ लाख ५० हजारभन्दा बढी एजेन्ट रहेका छन् ।

त्यस्तै ३ लाख बढी मर्चेन्ट, ५१ वटा बैंक, ३ हजार बढी सहकारी इसेवामा जोडिएका छन् । इसेवाबाट दैनिक ५ लाखभन्दा बढी कारोबार हुने गरेको छ ।