सरकारले थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । यसका लागि थप १ हजार १२ विद्यालय छनोट गरिएको छ ।
बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिको मूल्यांकन प्रतिवेदन अनुसार थप १ हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना विद्यालय छनोट गरिएको छ ।
विद्यार्थीलाई सूचना प्रविधिको पहुँचमा ल्याउन सरकारले आईटी ल्याब स्थापना गर्दै आएको छ । यसअघि पनि सरकारले देशभरका ९०० बढी विद्यालयमा आईटी ल्याब स्थापना गरेको थियो ।