काठमाडौं। एसईई दिएका विद्यार्थीलाई स्मार्ट टेलिकमले निशुल्क स्मार्ट स्टुडेन्ट सिमकार्ड दिने भएको छ। यो सिम २०७५ सालको एसईई मा सहभागी भएका विद्यार्थीहरुले मात्र पाउनेछन।
स्मार्ट टेलिकमले उपलब्ध गराएको स्टुडेन्ट सिमकार्डमा ५ सय एमबीका दरले निशुल्क ३ महिनासम्म प्राप्त गर्नेछन। यो योजना बिहीबारदेखि सुरु भई ९० दिनसम्मका लागि नेपाल अधिराज्यभर लागू हुने छ ।
स्टुडेन्ट सिमकार्ड लिन विद्यार्थीले एसईई प्रवेशपत्रको फोटोकपीसहित आवश्यक कागजात चाहिने कम्पनीले जनाएको छ। यो सिम नजिकै रहेका स्मार्ट सेन्टरहरु र इडु वल्ड ग्रुप बाट मात्र उपलब्ध हुनेछ।
स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो दुरसञ्चार कम्पनी हो।