कीवर्डहरू -

रेडमी सेभेन र रेडमी नोट सेभेन नेपालमा सार्वजनिक

रेडमी सेभेन र रेडमी नोट सेभेन नेपालमा सार्वजनिक

काठमाडौं। साओमीले नेपाली बजारमा रेडमीका दुई नयाँ फोन रेडमी ७ र रेडमी नोट ७ सार्वजनिक गरेको छ। रेडमी ७ र रेडमी नोट ७ अप्रिल ७ देखि अनलाइन तथा अफलाइन स्टोरहरुमा उपलब्ध हुने छन।

रेडमी ७ का बिशेषताहरु

रेडमी ७ २ जीबी र्याम, १६ जीबी इन्टरनल स्टोरेज र ३ जीबी र्याम, ३२ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध छ। यो मोबाइल रेडमी नोट सेभेन भन्दा सस्तो छ। रेडमी सेभेनमा ६.२६ इन्चको एचडी प्लस डट नच डिस्प्ले रहेको छ।

मोबाइल सुरक्षाको लागी गोरिल्ला ग्लास ५ को प्रोटेक्सन रहेको छ। क्वालकम स्न्यापड्रयागन ६३२ प्रोसेसर प्रयोग गरिएको छ। यसमा ४ हजार एमएएचको ब्याट्री रहेको छ।रेडमी ७ मा एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई को प्रयोग गरिएको छ।

१२ प्लस ‍‌‌२ एआई मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ। यसमा फिङ्गरप्रिन्ट को सुविधा रहेको छ। नेपाली बजारमा २ जीबी र्याम भएको रेडमी ७ को मूल्य १४ हजार ९ सय ९९ र ३ जीबी र्याम भएको  रेडमी ७ को मूल्य १६ हजार ९ सय ९९ रहेको छ।

रेडमी नोट ७ का बिशेषताहरु

रेडमी नोट ७ फोनमा ४८ मेगापिक्सेल प्लस ५ एआई मेगापिक्सेलको रियर क्यामेरा छ। भने सेल्फी क्यामेरा १३ मेगापिक्सेलको छ। रेडमी नोट सेभेनमा ६.३ इन्चको फूल एचडी प्लस डट नच डिस्प्ले रहेको छ।

यसमा क्वालकमको स्न्यापड्रागन ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ। रेडमी नोट सेभेन ३ जीबी र्याम, ३२ जीबी इन्टरनल स्टोरेज, ४ जीबी र्याम, ६४ जीबी इन्टरनल स्टोरेज र ४ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ।

यो फोनमा ४ हजार एमएएचको ब्याट्री संगै क्वालकमको क्वीक चार्ज ४ प्रविधि यसमा रहेको छ। रेडमी नोट ७ मा एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई को प्रयोग गरिएको छ।

नेपाली बजारमा ३ जीबी र्याम भएको मोबाइलको मूल्य २१ हजार ९ सय ९९, ४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज भएको मोबाइलको मूल्य २४ हजार ९९ सय ९९ र ४ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज भएको मोबाइलको मूल्य २६ हजार ९ सय ९९ रहेको छ।