कीवर्डहरू -

नेपालमा पब्जी खेल प्रतिबन्ध 

नेपालमा पब्जी खेल प्रतिबन्ध 

काठमाडौँ — नेपालमा पब्जी खेल प्रतिबन्ध लगाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यो नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । 

पछिल्लो समय यो खेलले प्रयोगकर्तामा मानिसक समस्या आउनुका साथै विकृति आएका घटना आएका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि अन्य देशमा पनि प्रतिबन्ध लाग्ने क्रम सुरू भएकाे छ ।

‘पब्जी प्रतिबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार मन्त्रालय लगायतबाट  प्राधिकरणलाई निर्देशन आएको थियाे ।  साथै काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम अपराध अनुसन्धान ब्यूरो (सिआइबी) ले पब्जी प्रतिबन्ध आग्रह गरेको थियो । यसैबमाेजिम प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो,’ प्राधिकरणका निमित्त अध्यक्ष पुरूषाेत्तम खनालले लिभिङ विथ आइसिटीसँग भने ।

उनका अनुसार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइसकिएको छ । 

साथै सबै इन्टरनेट सेवा प्रदायकहरुले समेत पब्जी खेललाई प्रतिबन्ध गराउन निर्देशन दिइसकेको इन्टरनेट सेवा प्रदायक संघका अध्‍यक्ष भोजराज भट्टले जानकारी दिए।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।