कीवर्डहरू -

गुगलको नयाँ ओएसमा यस्ता छन सुविधा

गुगलको नयाँ ओएसमा यस्ता छन सुविधा


काठमाडौं। गुगलले एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू सार्वजनिक गर्दै छ।

एन्ड्रोइड क्यूमा ह्वाइट र डार्क मोडको सुविधा उपलब्ध हुनेछ। जहाँ अँध्यारो हुँदा डार्क मोडमा जानेछ भने उज्यालो हुदा डार्क मोडबाट हट्नेछ।

यसमा डेक्सटप मोड पनि हुनेछ। जसले गर्दा हामि आफ्नो मोबाइलको स्क्रीन कम्प्युटरमा देखाउन सक्ने छौ। एन्ड्रोइड क्यूमा फेस लक पनि सुरक्षित हुनेछ।

यसमा स्मार्ट लकको फिचर पनि हुनेछ। जहाँ तपाईले टाइम सेट गर्न सक्नु हुनेछ। यो ओएसमा स्क्रीन रेकडिङ र अपरेटिंग सिस्टम डाउनग्रेड गर्न सकिने छ।

यसमा इमरजेन्सी बटमको पनि सुविधा रहेको छ। एन्ड्रोइड क्यू मा फोनको ब्याट्री सकिन थालेको जानकारी पनि दिनेछ। वाईफाई सेयर क्युआर कोडबाटै गर्न सकिने छ।

थिम कस्टुमाइजेसन को सुविधा पनि रहेको छ। जसमा कलर फन्ट र आइकन पनि परिवर्तन गर्न सकिने छ।