कीवर्डहरू -

जेठ १८ मा नारायणगढमा आइसिटी स्टार्टअप मेला, यसरी गर्नुहोस् रजिस्ट्रेशन

जेठ १८ मा नारायणगढमा आइसिटी स्टार्टअप मेला, यसरी गर्नुहोस् रजिस्ट्रेशन

चितवन । आइसिटी अवार्ड २०१९ को प्रि-इभेन्ट क्याम्पियनको रुपमा आयोजना भइरहेको रहेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको तेस्रो श्रंखला यही जेठ १८ मा नारायणगढमा हुँदै छ ।

विराटनगर र बुटवलपछि नारायणगढमा हुन लागेको मेलामा स्थानीयस्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशन र प्रोजेक्टहरुकाे प्रदर्शनी गरिने छ भने साेही दिन आइसिटी कन्फ्रेन्स पनि सञ्चालन हुनेछ ।

उद्योग वाणिज्य संघको सभा हलमा हुने कार्यक्रम नवीन साेच र अवधारणामा काम गरिहेका स्टार्टअप र विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिन लागिएकाे हाे ।

यस मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, आइओटी, सर्भिस, इन्नोभेसन र आइटी शिक्षाका स्टलहरू रहने छन्।

साथै स्टार्टअपका चुनाैती र अवसर एवं पछिल्ला टेक्नाेलाेजी र ट्रेन्डसम्बन्धी विषयवज्ञले कन्फ्रेन्समा सहजिकरण गर्ने छन् ।

स्टल बुकिङ, कन्फ्रेन्स बुकिङ, भिजिटर्स रजिष्ट्रेसन तथा सपाेर्टर्स रजिष्ट्रेसनका लागि booking.ictaward.org