कीवर्डहरू -

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’, सहभागीले स्मार्टवाचदेखि टिभीसम्म जित्न सक्ने

जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’, सहभागीले स्मार्टवाचदेखि टिभीसम्म जित्न सक्ने

नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले जिडब्लुएमका प्रभावशाली एसयूभीहरू हाभल एच ६, हाभल जोलायन, पिक-अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गर्ने भएको छ ।

यो क्याम्प जिडब्लुएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ, जसबाट कार उत्साहीहरुले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्नेछन् ।

यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ ।

चाहे सहरको यात्रा गर्दा होस् या अफ-रोडको यात्रा, जिडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

ग्राहकहरूले यस क्याम्प मार्फत प्रभावशाली जिडब्लुएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई टिभी जित्ने अवसरहरूका साथै एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहार, निःशुल्क सामान,  आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र  ओरा ०३ सँग ७ किलोवाट फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउनेछन् ।

जिडब्लुएम टेस्ट ड्राइभ एक्सचेन्ज फिएस्टा क्याम्पमा उत्कृष्ट डिलहरू र बेजोड प्रस्तावहरूको अनुभव गर्न सबैलाई आमन्त्रित गर्दै, यो कार्यक्रम जोशले भरिपुणर् बनाउन कम्पनी तयार रहेको छ ।

जिडब्लुएमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले “रेट्रो-मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको छ । ओरा ०३ इभी ले आफ्नो बाहिरी भागमा नरम रेखाहरू प्रदर्शन गर्दछ, जसले ब्रान्डको विशिष्ट पारिवारिक शैलीलाई प्रतिबिम्बित गर्दछ र आधुनिक रेट्रो डिजाइन मिश्रित छ ।