कीवर्डहरू -

अल्टिमाका २ नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ? 

अल्टिमाका २ नयाँ स्मार्टवाच सार्वजनिक, कति छ मूल्य ? 

अल्टिमा लाइफ स्टाइलले आफ्ना उपभोक्ताका लागि सस्ता दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ । अल्टिमा वाच सर्कल र अल्टिमा वाच म्याजिक प्रो स्मार्टवाच सार्वजनिक भएका हुन् ।

उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य ३ हजार ९९९ रूपैयाँमा खरिद गर्न सक्नेछन् । तर यसको वास्तविक मूल्य भने ५ हजार ९९९ रूपैयाँ रहेको छ ।

यस एमोलेड डिस्प्ले रहेको छ । यो स्मार्टवाचको साथ आफ्नो फिटनेस निगरानी राख्न आफ्नो कदम,  दूरी र क्यालोरीहरुको रेकर्ड राखि यात्रा गर्न सकिने छ । साथै स्वास्थ्य निगरानी सुविधा र ब्लुटुथ कलिङ सुविधा समेत रहको छ ।

एक घण्टामै चार्ज गर्न सकिने फास्ट चार्जिङ र शक्तिशाली २५० एमएएच् ब्याट्री क्षमताको साथ यो स्मार्टवाच लामो समय प्रयोग गर्न सकिने कम्पनीको दावी छ । अल्टिमा वाच सर्कलमा १ वर्षको वारेन्टी पाइने छ ।

त्यसैगरी अल्टिमा वाच म्याजिक प्रोको मूल्य सिमित अवधिका लागि २ हजार ९९९ रूपैयाँ कायम गरिएको छ । तर यसको वास्तविक मूल्य ५ हजार ९९९ रूपैयाँ रहेको छ ।
एचडी डिस्प्ले यस स्मार्टवाचमा ब्लुटुथ कलिङको सुविधा छ ।

स्वास्थ्यको रेकर्ड र स्मार्ट सूचनाहरु प्रदान गर्न पनि यसले सघाउने छ । एक वर्षको ब्रान्ड वारेन्टी, वाटरप्रुफ प्रमाणीत यो स्मार्टवाच स्टाइलिश मात्र नभई टिकाउ र सक्रिय जीवनशैलीको राम्रो भएको कम्पनीले जनाएको छ ।

यी दुवै नयाँ उत्पादनहरू ग्राहकहरूले अल्टिमाको आधिकारिक वेवसाइट लगायत अन्य विभिन्न अनलाईन प्लेटफर्महरु-दराज, सस्तोडिल, ब्रदरमार्ट, ग्यापु तथा हुकुट, बिगडिजिटल र नियो स्टोर जस्ता अफलाइन च्यानलहरूबाट खरिद गर्न सकिने छ ।