कीवर्डहरू -

प्रभु बैंकले लिमिटेड र यु.के.एड सक्षम बिच सम्झौता

प्रभु बैंकले लिमिटेड र यु.के.एड सक्षम बिच सम्झौता

प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम, वित्तीय पहुँचसंग “Wealth-Building Financial Services for Nepali Migrant Workers and their Remittance Receiving Family Members" परियोजना संचालन गर्नको लागि सम्झौता गरेको छ ।

यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो ।  भाद्र २५ गते काठमाण्डौमा एक कार्यक्रममा दुवै संस्थाका व्यवस्थापन तहका उच्च पदाधिकारीहरु र पत्रकारहरु माझ प्रभु बैंक लिमिटेडका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन र सक्षमको तर्फबाट टिम लिडर श्री निर्मल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।

उक्त परियोजनाको मुख्य उद्देश्य भनेको दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पुर्याउनु रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पुरा गर्न उद्देश्यमुलक बचतका साथै अतिरिक्त वित्तीय सेवाहरु (जस्तै क्रेडिट, विमा) र गैर वित्तीय सेवाहरु जस्तै वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षत वर्गलाई प्रदान गर्न सहयोग मिल्ने कुरा व्यक्त गर्नु भयो ।

सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यु.के सरकारको सम्झौता अनुरुप यु.के.एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । यो कार्यक्रम लुईस बर्जरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा डि.एफ.आई.डि. को लागि संचालन गरेको कार्यक्रम हो ।

प्रभु बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वित्तीय संस्था हो । यसले स्थापनको कयौं वर्ष पार गरी सकेको र सो को दौरान विभिन्न सात वटा वित्तीय संस्थाहरुलाई समेटेर अघि बढी रहेको छ ।

यस बैंकले देशको सबै भौगोलिक क्षेत्रहरुलाई समेट्ने गरी विभिन्न स्थानहरुमा १९४ वटा शाखाहरु, २९ वटा विस्तारित काउन्टरहरु र १५२ वटा ए.टि.एम हरुको माध्यमद्वारा १० लाख भन्दा बढी व्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरी रहेको छ ।