कीवर्डहरू -

काठमाडौंमा ग्लोबल वुमन स्टार्टअप विकेन्ड २०१९ हुँदै, यसरी हुन सकिन्छ सहभागी

काठमाडौंमा ग्लोबल वुमन स्टार्टअप विकेन्ड २०१९ हुँदै, यसरी हुन सकिन्छ सहभागी

काठमाडाैं । आगामी असोज ३, ४ र ५ गते काठमाडौंमा ‘टेकस्टार्स ग्लोबल वुमन स्टार्टअप विकेन्ड २०१९’ हुने भएको छ । नेपाल आन्ट्रप्रेनियर्स हबको आयोजनामा ललितपुरको द इन्ट्रान्स क्याफे, बखुन्डोलमा हुने यो इभेन्ट महिला लक्षित छ । यसअघि नेपालमा १३ संस्करणका स्टार्टअप विकेन्ड भइसकेको छ भने पछिल्लो तीन संस्करणयता महिलाका लागि लक्षित गरी स्टार्टअप इभेन्ट सञ्चालन हुँदै आएको छ ।

सेप्टेम्बर महिनामा हुने यो इभेन्ट नेपालका साथै विश्वका अरु ६९ शहरहरुमा पनि सञ्चालन हुँदै छ । यो इभेन्टमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुषले सहभागिता जनाउन पाउने नेपाल आन्ट्रप्रेनियर्स हबका  तर्फबाट हेमपाल श्रेष्ठले बताए ।

‘इभेन्टमा २ विधा रहेका छन् जुन विद्यार्थी र प्रोफेसनलका लागि छुट्याइएको छ । विद्यार्थीले २ हजार रुपियाँ र प्रोफेसनलहरुले ४ हजार रुपियाँ तिरेर स्टार्टअप विकेन्डमा सहभागी हुन सक्नेछन् । स्टार्टअप विकेन्डमा जुन टिमले आइडिया पिच गरेर जित्छ, त्यो टिमको लिडर (महिला)ले सिंगापुरमा मार्च २०२० मा हुने ग्लोबल वुमन स्टार्टअप विकेन्डमा आफ्नो बिजनेश आइडिया पिच गर्ने अवसर मिल्ने छ,’ श्रेष्ठले भने ।
अहिले इभेन्टमा सहभागी हुन इच्छुकका लागि रजिस्ट्रेशन प्रोसेस जारी राखिएको छ । श्रेष्ठले विद्यार्थीहरुको राम्रो आकर्षण पाइएको र आफूहरुले प्रोफेसनलहरुलाई पनि उल्लेख्य संख्यामा सहभागी गराउने तयारी गरेको बताए ।

\"\"

‘चाहे त्यो विद्यार्थी होस् या प्रोफेसनल, जो उद्यमी बन्न चाहन्छन्, उनीहरुले स्टार्टअप विकेन्डमा आएर आफ्नो आइडियाहरुलाई भ्यालिडेट गर्न सक्छन् । आफ्नो बिजनेश आइडियालाई इन्टरप्राइजसम्म लैजान सकुन् भन्ने अभिप्रायले स्टार्टअप विकेन्ड आयोजना भएको हो । विजेताले सिंगापुरमा आइडिया पिच गर्न सक्ने र इन्भेस्टमेन्टको अवसर पनि पाउने छन्,’ उनले भने ।

यसअघि नेपालमा १३ ओटा स्टार्टअप विकेन्डहरु भइसकेको छ, जहाँ ६०० भन्दा बढी सहभागी, ३५० भन्दा बढी आइडिया र ७० भन्दा बढी मेन्टर  यसबाट विभिन्न ६८ ओटा प्रडक्टहरु मार्केटमा आइसकेका छन् । अघिल्ला स्टार्टअप विकेन्डले इकोसिस्टममा गरेको योगदान प्रशंसनीय रहेको छ ।

स्टार्टअप विकेन्डमा फरक र अहिलेसम्म बजारमा प्रयोग नभएको आइडिया प्रस्तुत हुनेछ भने छनौट भएका आइडियाहरुमा आधारित भई सहभागीले इभेन्टमै काम गर्न सुरु गर्ने छन् ।

कार्यक्रममा सहभागी हुन याे लिंक क्लिक गरेर फर्म सबमिट गर्नुहाेस् ।