कीवर्डहरू -

क्यान महासंघ प्रदेश न. २ को अधिवेशन सम्पन्न, प्रदेश अध्यक्षमा आलोक चौरसिया निर्बाचित

क्यान महासंघ प्रदेश न. २ को अधिवेशन सम्पन्न, प्रदेश अध्यक्षमा आलोक चौरसिया निर्बाचित

हिजो असोज २ गते कम्प्युटर एशोसिएशन नेपाल महासंघ प्रदेश न. २ को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन बिरगंजमा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले क्यान पर्साका निवर्तमान अध्यक्ष आलोक कुमार चौरसियालाई प्रदेश अध्यक्ष को रुपमा सर्वसम्मतिले निर्वाचित गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष हेमन्त चौरसिया, विशिष्ट अतिथि केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवर, अतिथिमा केन्द्रीय सचिव श्री नारायण थापा, केन्द्रीय सह कोषाध्यक्ष शेखर दुलाल प्रदेश न. २ का केन्द्रीय सदस्य दिपेन्द्र राज सिंह, भुपाल दस श्रेष्ठ , केन्द्रीय सदस्य अशोक बाबु राना, प्रदेश ५ का अध्यक्ष सुदिप शर्मा, चितवन साखा का निवर्तमान अध्यक्ष भानु शर्मा, रुपन्देही का निवर्तामान अध्यक्ष नारायण श्रेष्ठ उपस्थिति रहेको थियो ।

यसैगरी पिलबस्तु का निवर्तमान अध्यक्ष माधव घिमिरे , रुपन्देहीका अध्यक्ष रामदेव  गौतम, उपाध्यक्ष बीरबहादुर क्षेत्री, सचिव जीवन अधिकारी, कोषाध्यक्ष सुबास घिमिरे, प्रदेश न. २ जिल्ला का निवर्तमान अध्यक्ष धनन्जय महतो, आलोक चौरसिया, प्रविन साह त्यसै गरि क्यान पर्सा का अध्यक्ष दिपक साह, बारा का कार्यवाहक अध्यक्ष बिनोद साह, सर्लाहीका नरेश दास , धनुषाका संजय साह, सिराहाका नरेन्द्र सिंह आदि को उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम मा क्यान पर्साका निवर्तमान अध्यक्ष आलोक कुमार चौरसियालाई प्रदेश अध्यक्ष को रुपमा सर्वसम्मतिले निर्वाचित गरेको थियो ।

भने उपाध्यक्ष मा धनुषाका अकुल कुमार साह, सचिव मा सिराहाका निवर्तमान अध्यक्ष धनन्जय महतो, सह सचिवमा धनुषाका गौतम जैसवाल,  कोषाध्यक्षमा बाराका बिनोद कुमार साह र सदस्यमा सर्लाहीका विजय कुमार निर्वाचित भएका छन् । उक्त कार्यक्रमको निर्वाचन अधिकृत मुरली मनोहर तिवारी, इमामुदीन अहमद तथा रयज आलम को समिति ले गरेको थियो ।

प्रदेश अध्यक्षमा निर्वाचित आलोक कुमार चौरसियाले अब आउने २ वर्षमा आफुले सम्पूर्ण जिल्लामा आइटीको विकासको लागि लागिपर्ने र प्रदेश न. २ लाई देशकै आइटी प्रदेश को रुपमा चिनाउने बताएका थिए । साथै सबै प्रदेश र जिल्लाहरु आउने दिनमा मिलेर जानु पर्ने कुरामा पनि जोड दिएका थिए  ।