कीवर्डहरू -

१७ औं संस्करणको ‘लोकस’ माघ १७ देखि आयोजना हुदै

१७ औं संस्करणको ‘लोकस’ माघ १७ देखि आयोजना हुदै

पुलचोक क्याम्पसका विद्यार्थीले आयोजना गर्दै आएको प्रबिधि मेला ‘लोकस’ यो वर्ष माघ १७ देखि आयोजना हुने भएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनी यो वर्ष माघ १७, १८ र १९ गते आयोजना हुदैछ ।

पुलचोक क्याम्पसका इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरका  विद्यार्थीले हरेक वर्ष आयोजना गर्ने मेलाको यो १७ औं संस्करण हो । तीन दिनसम्म चल्ने प्रदर्शनी यो वर्ष माघ १७, १८ र १९ गते आयोजना हुदैछ ।

सन् २००३ देखि लोकस आयोजना हुदै आएको छ । यो नेपालभरीका स्कुल तथा कलेजहरुका युवा इन्नोभेटरको लागि सीप र ज्ञान प्रदर्शनी गर्ने माध्यम हो ।

लोकसले सीपमा आधारित वर्कसप, सेमिनार, ह्याकथन तथा अन्य प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यो वर्षको कार्यक्रम सयुक्त राष्ट्रसंघको सहकार्यमा हुदैछ ।