कीवर्डहरू -

\'फुटसरज\' ले जित्यो १५ औ स्टार्टअप विकेन्डको उपाधी

यस संस्करणको स्टार्टअप विकेन्ड केहि समय अघि अल्पायुमै निधन भएका सूचना प्रबिधि क्षेत्रका अग्रणी ब्यप्ति कर्मठ डंगोलमा समर्पित #MBN रहेको थियो 

\'फुटसरज\' ले जित्यो १५ औ स्टार्टअप विकेन्डको उपाधी

नेपाल अन्टर्पेनर हबद्वारा आयोजित १५औँ स्र्टाटअप वीकेन्डको विजेताको उपाधि फुटसरज नामको समुहले हात पारेको छ । सो टोलीको आईडिया अन्तर्गत काठमाडौँमा रहेको सबै फुटसलमा बुकिङ भए नभएको हेरेर टिममा खेलाडि नपुगेको खण्डमा सोही एप मार्फत थप्न मिल्ने विचार राखेका थिए ।

\"\"

विजेता टोलीको अनुसन्धान अनुसार काठमाडौँमा केवल ५० फुटसल रहेको तर फुटसल खेलाडि भने २० हजार भन्दा माथि रहेको खुलेको छ । समुहमा डेभिड ग्रोर्भस, सुमित राई, शारुक महर्जन, बेबी श्रेष्ठ, आकार ढकाल र हर्ष शाह रहेका थिए । निर्णायक मण्डलका सुमन जोशीले थप अनुसन्धानका साथ आएमा लगानी गर्ने विश्वास दिलाएका थिए ।
यसैगरी ‘‘ओपन डोर्स” समुहले दोस्रो स्थान हात पारेको छ ।


विजेता टोलीको अनुसन्धान अनुसार काठमाडौँमा केवल ५० फुटसल रहेको तर फुटसल खेलाडि भने २० हजार भन्दा माथि रहेको खुलेको छ । समुहमा डेभिड ग्रोर्भस, सुमित राई, शारुक महर्जन, बेबी श्रेष्ठ, आकार ढकाल र हर्ष शाह रहेका थिए । निर्णायक मण्डलका सुमन जोशीले थप अनुसन्धानका साथ आएमा लगानी गर्ने विश्वास दिलाएका थिए ।
यसैगरी ‘‘ओपन डोर्स” समुहले दोस्रो स्थान हात पारेको छ ।

सो समुहको आईडिया नेपाल भ्रमण गर्ने विदेशीलाई स्थानिय स्तरमा भएका रैथाने कला सिकाउने ठाउँको जानकारी प्रदान गर्ने एप बनाउने थियो । पाँच जनाको समुहमा एलिसा हिल्स्, रिकेश महर्जन, प्रगेश घिमिरे, बालकृष्ण आशरपती, प्रतिक्षा राजोउपाध्याय र प्रविन मर्हजनको सहभागिता थियो ।


त्यसैगरी ‘‘सहयात्री” टोलीले तेस्रो स्थान हात पार्न सफल भएका थिए । सो समुहको आईडिया अनुसार नेपालमा करिब ८४ प्रतिशत मानिसहरु आफै वा एक्लै ट्रेकिङ गर्ने गर्छन भने २६ प्रतिशत मानिसहरु ट्राभलिङ कम्पनिको सहायतामा भ्रमण गर्ने गर्छन् ।


एकल र आफै ट्रेकिङ गर्नेहरुका लागि यो एप निमार्ण गर्दा बाटोमा केही विपत आई परेमा नजिकको आपतकालिन सेवा ग्रहण गर्न सकिने सोच व्यक्त गरेका थिए । ६ जनाको उक्त समुहमा ऋचा शर्मा, सोजनी श्रेष्ठ, रुजेन श्रेष्ठ, सुरज केसी, मोहन उपाध्याय र सुजीन गुरुङ थिए ।

\"\"


ढोकैमा क्याफे, पाटनढोकामा आयोजना भएको कार्यक्रम ५४ घण्टा सञ्चालन भएको थियो । यस कार्यक्रमले सहभागीको आइडियामा काम गर्ने, समुह बनाउने र मेन्टरसीप प्रदान गर्दै इप्लिमेन्टको लागी सहकार्य गर्ने नेपाल आन्टरप्रेनर्स हबका सह सस्थापक बिजेन्द्र जोशीले जानकारी दिए ।


कार्यक्रममा बिभिन्न स्टार्टअप तथा उद्यमी बन्ने दौडमा अघि बढेका ६० बढि युवाहरुको सहभागिता रहेको थियो । बिभिन्न समुहहरुमा कसरी राम्रो नेतृत्वमा काम गर्ने र आफ्नो प्रोजेक्ट र कम्पनिलाइ अघि बढाउने बिषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो । यस संस्करणको स्टार्टअप विकेन्ड केहि समय अघि अल्पायुमै निधन भएका सूचना प्रबिधि क्षेत्रका अग्रणी ब्यप्ति कर्मठ डंगोलमा समर्पित #MBN रहेको थियो ।


नेपाल आन्टरप्रेनर्स हबले बिगत केहि बर्षदेखि स्टार्टअप विकेन्ड कार्यक्रम आयोजना गर्दै आएको छ । शुक्रबारदेखि आयोजना भएको कार्यक्रममा क्लाउड फ्याक्ट्रीको बिशेष सहयोग रहेको छ भने गुगल फर स्टार्टअप ग्लोबल पार्टनरको रुपमा रहेको थियो । यसैगरी इन्टरनेट पार्टनर भयानेट र कन्टेन्ट पार्टनर लिभिंग विथ आइसिटी रहेको थियो ।

\"\"