कीवर्डहरू -

हुवावे पी २० स्मार्टफोनमा तीनवटा क्यामेरा हुन सक्ने

हुवावे पी २० स्मार्टफोनमा तीनवटा क्यामेरा हुन सक्ने

चाइनिज स्मार्टफोन कम्पनि हुवावेले २७ मार्चमा पेरिसमा आयोजना हुने इभेन्टमा नयाँ स्मार्टफोन लन्च गर्ने तयारी गरेको खबर सार्वजनिक गरेको छ । प्राप्त भएको नयाँ जानकारीका अनुसार कम्पनिले सार्वजनिक गर्ने फ्ल्यागशिप मोडलको ह्यान्ड सेट पी को लाइट,रेगुलर र प्लस भेरीयन्टमा निकाल्ने फैसला गरेको छ ।

लाइट भेरियन्टमा डुअल क्यामेरा सेटअप हुने बताइएको छ । साथै बाँकी दुइ प्रिमियम भेरियन्टमा भने तीनवटा क्यामेरा रहने खबर बाहिरिएको छ । अहिले स्मार्टफोन कम्पनिहरुले मल्टी क्यामेरा भएको ह्यान्डसेट निकाल्ने ट्रेण्ड बढेको छ । यो भन्दा अघि पनि नोकियाले पेन्टा लेन्स भएको फोन बनाइरहेको चर्चा सुन्नमा आएको थियो ।

स्पेनको वेब साइट कम्प्युटरहोयले दावा गरे अनुसार हुवावे पी ११ र पी २० लाइट फ्ल्याग्शिप भेरीएन्टमा डुअल क्यामेरा अथवा तीन क्यामेरा रहने दावी गरेको छ । लिक भएका तस्बिरमा हेर्दा फोनमा आइफोन एक्समा झैँ  भर्टिकल क्यामेरा सेटअप रहेको छ । फोनमा युएसबि टाइप-सी पोर्ट,३.५ मिलिमिटर ज्याक तथा तलपट्टि लाउडस्पिकर रहन सक्ने अनुमान गरिएको छ ।

लिक भएको पी २० ह्यान्डसेटको तस्बिर हेरेर फोनको डिस्प्ले ५.८ इन्च र १८:९ एस्पेक्ट रेसियोमा रहेको अनुमान गरिएको छ । फोनमा हाईसिलिकन किरिन ९७० प्रोसेसर रहने र ४ जीबी र्याम सहित ३२ जीबी इनबिल्ट स्टोरेज रहने दावी गरिएको छ । यसका साथै हुवावेको उक्त नयाँ ह्यान्डसेट एन्ड्रोइड ८.० ओरियो अपरेटिङ सिस्टम चल्ने  आशंका गरिएको छ ।