कीवर्डहरू -

अब फेसबुकबाट गूगल फोटोजमा फोटो तथा भिडियो पठाउन सकिने

अब फेसबुकबाट गूगल फोटोजमा फोटो तथा भिडियो पठाउन सकिने

अब अमेरिका र क्यान्डाका फेसबुक प्रयोगकर्ताले फोटो तथा भिडियोलाई प्रतिलिपीका रुपमा गूगल फोटोजमा पठाउन सक्ने भएका छन् । फेसबुकले गत वर्ष सार्वजनिक गरेको यो टुल विश्वका अन्य केही भागमा पनि उपलब्ध थियो ।

गूगल फोटजमा फेसबुकबाट फोटा तथा भिडियो पठाउन सुरुमा फेसबुक अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो फेसबुकको सेटिङमा गई ‘योर फेसबुक इन्फरमेसन’ ट्याप गर्ने ।

त्यसपछि ‘ट्रान्सफर अ कपी अफ योर फोटोज ओर भिडियोज’ अप्सनमा क्लिक गर्नुहोस । त्यहाँ गईसकेपछि गूगल फोटोज विकल्प छनौट गरी कन्फर्म गरेर फोटो र भिडियो ट्रान्सफर गर्न सकिने छ । एजेन्सीको सहयोगमा