कीवर्डहरू -

असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँदै, यस्ता छन् कार्यक्रमहरु 

असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँदै, यस्ता छन् कार्यक्रमहरु 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । ‘स्वच्छ र गुणस्तरिय जीवनको लागि विज्ञान’ भन्ने मूल नाराका साथ आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँने भएको हो ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तय गरेको थियो ।

आठौं विज्ञान दिवसको अवसरमा हाजिर जवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, वेबिनार, बक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम गरी सातै प्रदेशमा मनाइँदै छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रोबोटिक्स एशोसिएसन अफ नेपाल र नियोस्फेएरको सहकार्यमा भिडियो प्रदर्शनी समेत हुदैछ ।

यसको लागि कोभिड १९ विरुद्ध लड्न विकास गरेको प्रविधिको भिडियो [email protected] ईमेलमा पठाउनु पर्नेछ । भिडियो नभएमा कामको फोटो समेत पठाउन सकिने छ । त्यस्तै दिवसको अवसरमा अन्य विविध कार्यक्रमहरु पनि हुदै छन् ।

यस्ता छन् आठौं विज्ञान दिवसका कार्यक्रमहरु

\"\"

\"\"

\"\"

\"\"