कीवर्डहरू -

एभरेष्ट बैंकको ३२ औं वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट बैंकको ३२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको हो ।

सभाले शेयरधनीहरुका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, प्रस्तावित बोनस शेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

आ.व. २०८३/८४ को लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।