कीवर्डहरू -

नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा लिन सकिने

नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा लिन सकिने

नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा लिन सकिने भएको छ ।

५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशत आकर्षक ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।