कीवर्डहरू -

एक दिने साइबर सेक्युरिटी सेमिनार हुँदै

एक दिने साइबर सेक्युरिटी सेमिनार हुँदै

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा एक दिने ‘साइबर सेक्युरिटी सेमिनार र क्यारियर काउन्सिलिङ इन साइबर सेक्युरिटी’ हुने भएको छ । यही चैत १० गते शनिबार हुने सो सेमिनारको रिसोर्स पर्सनहरुमा बिमा समितिका आइटी प्रमुख मिलनराज नेपाली र पेनटेस्ट्रर नेपालका रिसोर्स पर्सन अवर्तन ढकाल रहनुहुने छ ।

उहाँहरुले अहिलेका साइबर सुरक्षा र चुनौती विषयमा आफ्नो रिसर्च पेपर प्रस्तुत गर्नुहुने छ । सो सेमिनारमा विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी हुने छन् । सेमिनारमा निःशुल्क सहभागिता जनाउन सकिने छ ।  यस सेमिनारमा पेनटेस्टर नेपाल र  OWASP Nepal को समेत सहयोग रहेको छ ।