कीवर्डहरू -

रिभ्यू : मि मिक्स २ Vs वान प्लस ५ टी 

लगभग समान बिशेषता र मूल्य तर किन्ने कुन ?

रिभ्यू : मि मिक्स २ Vs वान प्लस ५ टी 

कुनै समय थियो जब चाइनिज मोबाइल भन्दा उपभोक्ताले नाक खुम्च्याउने गर्दथे र हेयका दृष्टिले हेर्ने गर्दथे । तर विस्तारै अहिले विश्व बजारमा चाइनीज प्रोडक्ट स्थापित हुँदै जाने क्रम देखिएको छ । यसले चीन बाहेकका देशमा निर्मित र बजारमा दबदबा जमाउदै आएका प्रोडक्टहरुका लागि ठूलो चुनौती बन्दै गएको छ ।


यती मात्र होइन चीनीयाँ प्रोडक्ट माथी आम प्रयोगकर्ताले हेर्ने नजरियालाई परिवर्तन गर्न चीनीयाँ स्मार्टफोन निर्माता कम्पनीहरु पनि हर सम्भव प्रयासमा जुटेका छन । र, पछिल्ला समयमा त्यसको सकारात्मक प्रतिफल पनि आएको देख्न सकिन्छ । संसारका उत्कृष्ट १० स्मार्टफोनको सूचीलाई निहाल्ने हो भने पनि १० मध्यमा ६ वटा कम्पनी चीनीयाँ स्मार्टफोन निमार्ता कम्पनी रहेका छन ।


सस्तो मूल्यमा अत्याधुनिक फिचर्स र गुणस्तरीय प्रोडक्ट निर्माण गर्नमा माहीर चिनीयाँ प्रोडक्ट प्रती प्रयोगकर्ताको आकर्षण पनि बढ्दै गएको देखिन्छ । प्रयोगकर्तालाई झन भन्दा झन आकर्षित गर्नका लागि रात दिनको अनुसन्धान पश्चात नविन्तम फिचर्स सहितको परिष्कृत स्मार्टफोन निर्माणमा जुटेका छन निर्माता कम्पनीहरु । यससँगै विस्तारै चीनीयाँ स्मार्टफोनलाई हेर्ने आम मानिसको दृष्टिकोण पनि बद्ल्ँदो क्रममा छ । नेपाली बजारमा पनि चिनीयाँ स्मार्टफोनले राम्रो छाप छोड्न सफल भएको छ ।

\"\"
वान प्लस ५ टी चीनीयाँ स्मार्टफोन कम्पनी वान न प्लसले यस वर्षको जुनमा सार्वजनिक गरेको स्मार्टफोन वान प्लस ५ को परिष्कृत संस्करण हो । यसलाई वान प्लस ५ को उत्तराधिकारीका रुपमा पनि हेरिएको छ ।

अर्कातर्फ साओमीको एमआई मिक्स २, सन २०१६ को अक्टोबरमा सार्वजनिक गरिएको साओमी एमआइ मिक्सको उत्तराधिकारीका रुपमा बजारमा आएको हो । वान प्लस ५टी नबेम्बर २०१७ मा सार्वजनिक गरिएको हो भने एमआइ मिक्स २ सोही वर्षको सेप्टेम्बरमा बजारमा भित्रिएको हो ।  यस अंकमा हामीले यीनै दुई चिनियाँ स्मार्टफोन कम्पनी वान प्ल्स र एमआइको समिक्षा गर्न गइरहेका छौ ।


डिस्प्ले र डिजाइन
वान प्लस ५ टी र एमआइ मिक्स २ को डिस्प्ले लाई तुलना गर्ने हो भने वान प्लस ५ टीमा ६.०१ इन्चको अप्टिक अमोलेड डिस्प्ले रहेको छ भने साओमी एमआइ मिक्स २ मा ५.९९ इन्चको आइपिएस एलसिडी क्यापासिटीभ टचस्क्रिन रहेको छ । १०८०×२१६० रिजोलुसनको क्यू एचडी डिस्प्ले दुवै स्मार्टफोनमा रहेको यी दुवैमा मल्टीटच सपोर्ट रहेको छ । वान प्लस ५ टी लाई कोनिङ्ग गोरिला ग्लास ५ ले सुरक्षित गरिएको छ भने एमआइ मिक्स २ लाई कोनिङ्ग गोरिला ग्लास ४ ले सुरक्षित गरिएको छ । यी दुवै फोन अधिक्तम स्क्रयाच प्रुफ रहेका छन ।


दुवै स्मार्टफोनमा ८० प्रतिशत स्क्रिन टु बडी रेसियो रहेको छ भने पिक्सेल डेन्सीटी पनि बराबरकै हाराहारीमा (४०३ र ४०१) रहेको छ जसका कारण फोनमा कलर उच्च गुणस्तरको देखिनुका साथै इमेज पनि सार्प देखिन्छ । यी दुई मध्य वान प्लस ५टी मा रहेको अप्टीक एमोले ड डिस्प्लेका कारण दुई फोन मध्यमा डिस्प्लेका सन्दर्भका यसको पल्ला भारि रहेको छ ।


यी दुवै फोनको डिजाइन पनि उत्कृष्ट रहेको छ । ७.३ मिलिमिटर मोटो रहेको वान प्लस ५ टी बोक्नलाई छरितो र हल्का रहेको छ । अर्कातर्फ साओमीको एमआइ मिक्स २ ७.७ इन्च मोटाइ रहेको यसको तौल १८५ ग्राम रहेको छ जनु वान प्ल्स भन्दा २३ ग्राम गरुङ्गो हो ।


¥याम मेमोरी र प्रोसेसर
वान प्लस फाइब टी र एमआइ मिक्स २ द्वैमा ८ जिबीको ¥याम र क्वालकमको स्न्यापड्रागन ८३५ अक्टाकोर प्रोसेसरको उत्कृष्ट तालमेल रहेको छ । यसकारण दुवै फोनको पर्फमेन्स उत्तीकै सबल रहने आंकलन गर्न सकिन्छ । दुवैमा आड्रेनो ५४० ग्राफिक्स प्रोसेसर प्रयोग गरिएको छ जसका कारण हाइ ग्राफीक्स युक्त गेमहरुको मज्जा लिँदा गेम ल्याग (अड्कने) हुने चिन्ता बाट प्रयोगकर्ता मुक्त हुनेछन ।

वान प्लस ५ टी ६४ र १२८ जिबी संस्करणमा उपलब्ध छ । यसैगरि साओमी एमआइ मिक्स २ भने ६४ र १२८ जिबी संस्करणको अतिरिक्त २५६ जिबीमा पनि उपलब्ध छ । ¥याम, प्रोसेसर र जिपियू एक समान भएका यी दुवै स्मार्टफोनबीचको प्रतिस्पर्धाका बराबरी रहेको छ । मेमोरीमा भने एमआइ मिक्सको २५६ जिबी संस्करणले वान प्लस ५ टीलाई पछि पारेको छ ।

\"\"
क्यामेरा
हिजो आज मोबाइल खरिदकर्ताले सबैभन्दा चाख चलाएर हेर्ने गरेको फिचर्स हो त्यस मोबाइलमा समावेश गरिएको क्यामेरा । क्यामेराप्रति प्रयोगकर्ताको आकर्षण बढेसँगै यसलाई मोबाइल निर्माता कम्पनीहरुले पनि विषेश महत्तवका साथ हेर्न थालेका छन । मोबाइल निर्माता कम्पनीहरुले क्यामेरालाई उच्च गुणस्तरको बनाउन विभिन्न नविन्तम प्रविधी अवलम्बन गर्न थालेका छन ।

पछिल्ला समय डूअल क्यामेरा फ्लागसिप मोबाइलहरुमा अपरिहार्य बनिरहेका बेला वान प्लस ५ टीले पनि डूअल क्यामेरायुक्त प्रविधी अंगालेको छ । १६ र २० मेगापिक्सेलको डूअल क्यामेरा रहेको वान प्लस ५ टीको एपेरेचर f/1.7 रहेको छ ।


जसका कारण क्यामेराको लेन्सबाट अधिक्तम प्रकास इमेज प्रोसेसर सम्म पुग्न जान्छ । ारज्ञ।ठ भएको वान प्लस ५ टीले उत्कृष्ट बुके एफेक्ट (ब्याग्राउण्ड ब्लर) पैदा गर्दछ । साथसाथै यो कम प्रकाशमा पनि अझ प्रभावशाली सावीत हुन्छ । अर्कातर्फ एमआइ मिक्स २ मा डूअल क्यामेराको प्रयोग गरिएको छैन । १२ मेगापिक्सेलको सिङ्गल लेन्सयुक्त एमआइ मिक्स २ को क्यामेरामा f/2.0 एपेरेचर रहेको छ ।

यसबाट पनि राम्रो बुके एफेक्ट आउनुका साथै कम प्रकाशमा प्रभावकारी रहन्छ । तर वान प्लस ५ टी सँगको प्रतिस्पर्धामा यो कमजोर सावित हुन जान्छ । एमआइ मिक्स २ मा डूअल टोन, डूअल एलइडी फ्ल्यास समावेस गरिएको छ ।


यसका अलावा वान प्लसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा प्रयोग गरिएको छ भने अर्कातर्फ एमआई मिक्स २ मा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । यसकारण, सेल्फी प्रेमी प्रयोगकर्तालाइ वान प्लस ५ टीले लोभ्याउने निश्चित प्राय छ ।


अपरेटिङ्ग सिस्टम
वान प्लस ५ टी र साओमी एमआइ मिक्स २ दुवै एन्डोइड ७.० नोउगाट अपरेटिङ्ग सिस्टममा आधारित भएर चल्छ । वान प्लस ५ टीलाई भने गुगलको पछिल्लो संस्करण एन्ड्रोइड ओरियोमा अपग्रेड गर्न सकिन्छ । साओमी मिक्स ३ मा एन्ड्रोइड नोउगाटका अतिरिक्त उसको आफ्नै एमआइयूआइ ९.० मा आधारित रहेर चल्दछ । अर्कातर्फ वान प्ल्स ५ टीमा उसको आफ्नै यूआई अक्सिजन ओएस ४.७ मा आधारित भएर चल्दछ ।


ब्याट्री
वान प्लस ५ टीमा झिक्न नमिल्ने ३३०० एमएचको लिथियम पोलिमर ब्याट्री प्रयोग गरिएको छ । अर्कातर्फ एमआइ मिक्स २ मा ३४०० एमएएचको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ जसलाई झिक्न मिल्दैन ।


नेटवर्क र अन्य विषेशता
यी दुवै स्मार्टफोन फोजी नेटवर्कमा आधारित रहेको छ ।जसले दुई वटा सिमकार्ड सपोर्ट गर्नुका साथै डूअल स्ट्याण्ड–वाइ रहेको छ । यसका अलावा यूएसबी टाइप सी, ब्लूटूथ ५.०, फिङ्गरप्रिन्ट सेन्सर, न्वाइज क्यान्सलेसन माइक्रोफोन, एक्सेरोमिटर, गाइरो, जिपिएस आदि फिचर्सहरु समावेश गरिएका छन ।

\"\"
मूल्य
वान प्लस ५टी ६ जिबी र्याम र ६४ जिबी स्टोरेजको नेपाली बजार मूल्य  ६४ हजार ९ सय रहेको छ भने साओमी एमआइ मिक्स २ को ६ जिबी र्याम र ६४ जिबी स्टोरेजका नेपाली बजार मूल्य ६३ हजार ९ सय ९९ रहेको छ ।

वान प्लस ५ टी                                                             साओमी एमआइ मिक्स २
डिस्प्ले     ६.०१” (१०८०×२१६०)                                       ५.९९” (१०८०×२१६०)
प्रोसेसर     स्न्यापड्रागन ८३५ अक्टाकोर                            स्न्यापड्रागन ८३५ अक्टाकोर
¥याम    ६ / ८ जिबी                                                       ६/ ८ जिबी
मेमोरी     ६४÷१२८ जिबी                                                ६४÷१२८÷२५६ जिबी
क्यामेरा     डूअल १६+२० एमपी f/1.7 ) ÷ १६ एमपी           १२ एमपी ( f/2.0 ) ÷ ५ एमपी
ओएस    एन्ड्रोइड ७.१.१                                                 एन्ड्रोइड ७.१
ब्याट्री    ३३०० एमएएच                                                 ३४०० एमएएच

प्रतिस्पर्धामा यी दुवै स्मार्टफोनको विचमा कडा टक्कर देखिएको छ । क्यामेरामा वान प्लस ५ टी ले एम आइ मिक्स २ लाई नराम्रो सँग पछि पारेको छ । ब्याट्रीमा भने वान प्लस र एमआइको विचमा झिनो अन्तरले एमआई अघि देखिएको छ । ¥याम, मेमोरी र प्रोसेसिङ्गमा दुवै स्मार्टफोनबीच बराबरी भएको छ । डिस्प्लेमा भने सानो अन्तरले वान प्ल्सले बाजी मारेको छ ।