कीवर्डहरू -

टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयाेग गर्ने

टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयाेग गर्ने

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाइ डिजिटल बनाउन गुरूचेला सफ्टवेयर प्रयाेग गर्ने भएकाे छ । एक्सटेन्ड बिजनेस सलुशन्स (एक्सविएस) ले विकास गरेकाे उक्त सफ्टवेयर प्रयाेग गर्न टेक्सास कलेजले सम्झाैता गरेकाे छ ।

सम्झौतामा  टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पाेखरेल र एक्सटेन्ड बिजनेस सलुशन्सका प्रबन्ध निर्देशक चिरञ्जिवी अधिकारीले शुक्रबार हस्ताक्षर गरेका हुन् ।

डिजिटल स्कूल प्रासंगिक सफ्टवेयर र सम्बन्धित टेक्नोलोजीहरूको प्रयोगमार्फत सम्पूर्ण शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा सशक्त बनाउन एक्सटेन्ड बिजनेस सलुशन्सद्वारा लिइएको प्राथमिकतामध्ये एक हो।

'गुरुचेला' नामक एकेडेमिक ईआरपी सफ्टवेयरमार्फत पूर्ण 'डिजिटल स्कूल' संचालन गर्न सकिन्छ । एक्सबीएसले यसको राष्ट्रिय नेटवर्कमार्फत नेपालका विश्वविद्यालय, कलेज र स्कूलहरूको लागि लागत-प्रभावी र पूर्ण रूपले कार्यात्मक शैक्षिक ईआरपी सफ्टवेयर प्रदान गर्नेछ।

एक्सविएसले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा नेपालका मोडेल स्कूलहरूलाइ सफ्टवेयरकाे मूल्यमा अनुदान दिने योजना बनाएको छ।

कम्पनीका अनुसार स्कूल व्यवस्थापन सफ्टवेयर माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूको व्यवस्थापन गर्न सघाउने छ । जारी महामारीका कारण नेपालमा विद्यालय र कलेजहरूले पूर्ण क्षमताले सञ्चालनमा कठिनाइ भोगिरहेका छन्।

गुरुचेलाले अभिभावकलाइ आफ्ना छोरा-छाेरीकाे दिनचर्या, विद्यालयका गतिविधि, सूचना प्रणाली, शैक्षिक क्यालेन्डर, पुस्तकालय, पुस्तक उपलब्धता, सूचनालगायतका जानकारी उपलब्ध गराउँछ ।

यस्तै शुल्क, परीक्षा रिपोर्ट, उपस्थिति रिपोर्ट, प्रगति रिपोर्ट ,व्यवस्थापन रिपोर्ट, होस्टल शुल्क, मासिक शुल्क, यातायात शुल्क, अनलाइन कक्षा, विद्यार्थी र शिक्षकको उपस्थिति, अभिभावक- शिक्षक कुराकानी (च्याट), शिक्षण सामग्री, विषयहरु, पाठ, ई-पुस्तकहरू, अडियो, भिडियो, असाइनमेन्ट, गृहकार्य, परियोजना कामलगायतका सबै कुराहरूकाे ब्यवस्थापनमा यस सफ्टवेयरले सघाउँछ ।

एक्सटेन्ड बिजनेस सलुशन्सले २० भन्दा बढी विद्यालयमा गुरूचेला सफ्टवेयर उपलब्ध गराइसकेकाे छ । टेक्सस कलेज याे सफ्टवेयर प्रयाेग गर्ने पहिलाे सूचना प्रविधि अध्यापन हुने कलेज हाे ।