कीवर्डहरू -

ओपोद्वारा बैशाख ११ गते नेपालमा एफसेवेन सार्वजनिक गर्ने घोषणा  

अदिती बुढाथोकी र मलिना जोशीका साथमा अन्य स्टारको उपस्थिती हुने

ओपोद्वारा बैशाख ११ गते नेपालमा एफसेवेन सार्वजनिक गर्ने घोषणा  

ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । काठमाडौंमा ओपो एफसेवेन सार्वजनिकका लागि आयोजना हुने बृहत समारोह बैशाख ११मा हुने घोषणा गरिएको हो ।

नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रका बृहत हस्तिहरु अदिती बुढाथोकी र मलिना जोशीले कार्यक्रममा आफ्नो उपस्थिती जनाउने घोषणा गरि सेकेका छन् ।

नेपाली तारा तथा यूवा मुटूका ढूकढूकी दुबैले आ–आफ्ना सामाजिक सञ्जाल मार्फत कार्यक्रममा आफ्नो उपिस्थतीका बारेमा जानकारी दिएका हुन् ।

साथै, तिनका भिडियो मार्फत सार्वजनिक गरिएको ‘यू एण्ड आई’ क्याम्पेन मार्फत दूई भाग्यशाली विजेताले कार्यक्रममा प्रत्यक्ष सहभागी भई तिनका प्रिय स्टारसंग सेल्फी खिच्ने अवसरपनि प्राप्त गर्नेछन् । यसका लागि क्याम्पनेमा सहभागी विजेताले तोकिएको ह्याशट्याग प्रयोग गरी ३ साथीलाई ट्याग र भिडियोलाई लाइक तथा सेयर गर्नु पर्ने हुन्छ । क्याम्पेन एप्रिल १४ देखि अप्रिल १९ सम्म लागु गरिएको छ ।


आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा हुने कम्पनीले जानकारी दिएको छ । नवप्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ बनाउने आशा गरिएको छ ।

सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ ।

फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।

\"\"
ओपो एफसेवेनमा उद्योगकै अग्रणी २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल–टाइम एचडीआर प्रविधि उपलब्ध गरिएको छ ।


नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ । प्रकाश समायोजन गरी तिब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ ।


ओपो एफसेवेनमा रहेका अन्य रोचक फिचर्स
एआई एल्बम ः फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार , स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ । एआई एल्बममा रहेको अर्को रोचक फिचरले नयाँ मोमेन्ट्स फिचर मार्फत पूराना तस्विरहरुको खोजी कार्यमा तिब्रता ल्याउन सघाव पु¥याउँछ ।


एआई बोर्ड फिचर ः फोनमा स्प्लिट स्क्रिन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई–कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पु¥याउँछ ।


एआई प्रविधिले एफसेवेनको प्रणाली ब्यवस्थापनमा समेत सघाव पु¥याउँछ । यसले ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी)लाई बुद्धिमानी पूर्वक छुट्याएर फोनको कार्य प्रणाली सही राख्ने कार्यमा सघाउँछ । यसले गर्दा नयाँ फोनले पछिल्लो फोन एफाफइभका तुलनामा ८० प्रतिशत उत्कृष्ट कार्य प्रदर्शनी दिने क्षमता राख्छ । साथै, एआईले उर्जा ब्यवस्थापनमा समेत सघाव पु¥याउँदै ब्याट्रीलाई थप समय सम्म टिकाउन सघाउँछ ।