कीवर्डहरू -

मिड रेन्जको राम्रो स्मार्टफोन - सामसुङ जे सेभेन प्राइम २

मिड रेन्जको राम्रो स्मार्टफोन - सामसुङ जे सेभेन प्राइम २

अहिले नेपाली बजारमा मध्यम खाले फोनहरु धेरै प्रचलित छन । यसैलाई मध्यनजर गर्दै विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी सामसुङले जे सेभेन ग्यालेक्सी  प्राइम २ नेपालमा पनि सार्वजनिक गरेको छ ।


जे सेभेन प्राइम मेटालिक बडी सहित स्लिक र स्लिम देखिन्छ । यो फोनमा ५.५ इन्चको फुलएचडी डिस्प्ले र २.५ डि कर्भ्ड ग्लासको प्रोटेक्सन छ ।साथै यसमा १६:९ को एस्पेक्ट रेसीयो समेत रहेको छ ।

कम्पनीले सामसुङ जे सेभेन नेपाली बजारमा भित्र्याएको छोटो समयमानै अर्को मोडेल सार्वजनिक गरेको हो । उक्त ह्यान्डसेटले नेपाली बजारमा पाएको सफलतालाई ध्यानमा राखेर अहिले सामसुङ कम्पनीले नयाँ अपग्रेडेड भर्जन ल्याएको हो । यो सेटको धेरै फिचरहरुमा परिवर्तन गरेको छ ।

सामसुङ ग्यालेक्सी जे सेभेन प्राइममा रहेको फिङगर प्रिन्ट सेन्सरका कारण केही समय अघी सो फोनले धेरै चर्चा कमाउन सफल भएको थियो । ग्यालेक्सी जे सेभेन प्राइम टुमा भने अगाडीको होम बटनमा फिङगर प्रिन्ट बटनमा रखिएको छ ।

\"\"
यो डिभाइसमा एक्सीनोजको ७८७०, १.६ गिगाहर्ज ओक्टाकोर  चिपसेट र ४ जिबी र्याम राखिएको छ । यस्को साथमा ६४ जिबीको अन्बोर्ड मेमोरी  छ । थप यसमा मेमोरी कार्डको सहयोगमा २५६ जिबी सम्म मेमोरी बढाउन सकिन्छ । यसकारण ठुला ठुला डाटाहरु समेत मोबाइलमा सजिलै संग सेभ गर्न सकिन्छ ।
७.१.१ नोगात भर्जनमा चल्ने यो फोनमा बिक्सबी फिचर्स  समेत समाबेश छ ।

जे ७प्राइम २ मा क्यामेराको कुरा गर्दा रियर र फ्रन्टमा नै १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ ,दुबै क्यामेरामा एफ १.९ एपर्चर रहेको छ । साथै एलईडी फ्ल्याश लाइट फिचर छ,जसले थोरै प्रकाशमा पनि क्लियर फोटोहरु लिन मद्दत गर्द्छ ।


फोरजी एलटीई फिचर भएको यो फोनले डुअल सिम सपोर्ट गर्द्छ । यसमा फिङगर प्रिन्ट सेन्सर उपलब्ध छ र यि सम्पूर्ण कुराहरु अपरेट गर्नको लागि सामसुङ ग्यालेक्सी जे ७ प्राइम २ मा ३३०० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

नेपाली बजारमा यो स्मार्टफोनको मुल्य २७ हजार ९ सय ९० तोकिएको छ ।