कीवर्डहरू -

मेगा बैंकले किसानहरुलाई प्रविधिमैत्री किसान कार्ड उपलब्ध गराउने

मेगा बैंकले किसानहरुलाई प्रविधिमैत्री किसान कार्ड उपलब्ध गराउने

मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्ड सहित कृषि कर्जा सुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको हो ।

मेगा बैंकको तर्फबाट माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हिमशिखर एग्रोसँगको सम्झौता भएपछि मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउ बिजनहरु खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ ।

मेगा बैंकका माइक्रो एन्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरुलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत छिटोछरितो ढंगले  प्रदान गर्न लागिएको बताए । प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरुलाई सेवा प्रदान गरिने उनले बताए ।

किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीउ, मल, किटनाशक औषधि लगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्नेछन ।

मेगा बैंकले अहिले आर एन्ड डी इनोभेटिभ सोलुसन र कर्मा ग्रुपसँग सहकार्य गरी कृषकहरुलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको छ ।

भविष्यमा कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै आधुनिक प्रबिधिमैत्री मेगा किसान कार्ड सेवा देशभर नै उपलब्ध गराउने योजना रेहको बैंकले जनाएको छ ।