कीवर्डहरू -

६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी नेपाली बजारमा सार्वजनिक

६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी नेपाली बजारमा सार्वजनिक

६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटको साथ सामसङ ग्यालेक्सी ए१६ ५जी लन्च भएको छ । जसमा प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम समेटिएको छ । 

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ ५जीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।’

कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध, ग्यालेक्सी ए१६ ५जीको ६/१२८ जीबी भेरियन्टको मूल्य रु. २८,९९९, ८/१२८ जीबी भेरियन्टको रु. ३०,९९९ र ८/२५६ जीबी भेरियन्टको रु. ३४,९९९ मूल्य रहेको छ । यो फोन १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।