कीवर्डहरू -

यस्ता छन् सन् २०१६ का १० फ्लप प्रविधिहरु

यस्ता छन् सन् २०१६ का १० फ्लप प्रविधिहरु

यस वर्ष कतिपय प्रविधिहरुले नयाँ उचाई लिए भने केही प्रसिद्धी हासिल गरिसकेका केही कम्पनीहरुका प्रविधि नमज्जासँग फ्लप हुन पुगे । यस्तो फ्लप प्रविधिको सूचिमध्येका प्रमुख १० प्रविधिहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

\"note १. सामसुङ ग्यालेक्सी नोट ७

सामसुङ ग्यालेक्सी नोट ७ फिचरका हिसाबले स्मार्टफोनको दुनियाँ मै सबैभन्दा शक्तिशाली थियो । वायरलेस चार्जिङ, वाटर सेसिस्टेन्ट डिजाइन, आखाँको नानी पहिचान गरेर फोन अनलक हुनेजस्ता आकर्षक फिचरले नोट सातको उचाई बढाएको थियो । तर, अप्रत्यासित रुपमा एकपछि अर्को ब्याट्री पड्कने घटना बढेपछि सामसुङले विश्व बजारमा गइसकेका २५ लाख नोट ७ फिर्ता लिनु पर्यो । कार तथा घरमा नोट ७ पड्किएर आगो लागेको र विभिन्न देशमा हवाइयात्रामा प्रतिबन्द लाग्नुका खबरले विश्वभर प्रथमिकता पाए । अन्त्यतः यसको विक्रीमा पूर्ण विराम लग्यो । यस घटनाबाट सामसुङलाई १० अर्व अमेरिकी डलर घाटा भएको छ ।

२. गोप्रो कर्मा ड्रोन
\"karma-drone-main\" गोप्रोको कर्मा ड्रोन क्यामेरा पनि नोट ७ जस्तै असफल हुन पुग्यो । उड्दा उड्दै बीचमै इन्जिन बन्द भएर खस्ने समयस्या देखिएपछि ग्रोप्रोले बाध्य भएर बजारमा गएका सबै ड्रोनहरुलाई फिर्ता बोलाउनु परेको थियो । प्रयोगकर्ताहरुले आकाशबाट खसेको भिडियो देखाउन थालेपछि उत्पादक कम्पनीले उत्पादन सार्वजनिक गरेको दुई हप्ता मै सबै ड्रोनलाई फिर्ता बोलाएको हो ।

३. नचम्किने हाउस प्लान्ट
\"house विश्वको सबैभन्दा ठूलो फन्डिङ प्लाटफर्म किकस्टार्टर ले हाउस प्लान्टलाई जेनेटिकरुपमा इन्जिनियरिङ गर्नको लागि ५ लाख अमेरिकी डलर उठाएको थियो । यसरी इजिनियरिङ गरेर वनस्पतिलाई अध्यारोमा पनि चम्किन सक्ने बनाउने उद्देश्यका साथ लागि परेको थियो । तर किकस्टार्टरले यो प्रोजेक्टमा सफलता हात पर्न सकेन । जेनेटिक हिसाबमा विरुवाको इन्जिनियरिग गर्ने कार्य सजिलो नभएको महसुस उसले गर्यो । उसले ५ हजारभन्दा बढी मानिसबाट क्राउड फन्डिङ गरेको थियो ।

४. विश्वको सबैभन्दा महंगो औषधि
\"Glybera, विश्वको सबैभन्दा महंगो औषधिको रुपमा ग्लिबेरा (Glybera) लाई चिनिन्छ । जिन थेरापीका लागि तयार पारिएको थियो जसलाई युरोपमा अनुमति दिइएको थियो । ग्लिबेराको मूल्य १० लाख अमेरिकी डलर पर्दछ । तर, यसको चर्को मूल्य र कत्तिको काम गर्छ भन्ने आशंकाका कारण एक वर्षसम्म एउटा पनि औषधिको प्रयोग हुन सकेन । युनिक्युवर नामक स्टार्टअपले डिएनए प्रतिस्थापन गर्ने उद्देश्यले उक्त औषधि बनाएको थियो ।

५. एपल एयरपड
\"apple एपलको एयरपड पनि यसपालीको फ्लप सूचिमा परेका छ । आइफोन ७ का लागि एपलले बिना ज्याकको वायरलेस हेडफोन निकालेको थियो । तर प्रयोगकर्ताहरुले कानबाट खस्ने समयस्या (खाखगरी एक्सरसाइज गर्दा) देखाएपछि एपलले यसको सिपिङ तथा विक्रिमा ढिलाइ गर्नुपर्यो । एक रिपोर्टका अनुसार म्युजिक बजाउदा दुबै बडमा राम्रो तालमेल हुन नसकेको कुरा पनि बाहिर आएको थियो । एपलले यी समस्याको समाधान गरेर डिसेम्बर १३ बाट पून एयरपडलाई विक्रीका लागि बजारमा ल्याएको छ ।

६. बेसिस पिक
\"basis इन्टेलको बसिस पिक नामक घटी पनि नोट ७ कै घटना जस्तै भएर फिर्ता लिनु पर्यो । घडी धेरै तातेर अगोलाग्नेसम्मका घटना भएपछि इन्टलले बेसिस पिकलाई फिर्ता बोलाउन बाध्य हुनुपर्यो । उसले बेचका ०.२ प्रतिशत घडीमा मात्र यस्तो समस्या देखिएको थियो । तर इन्टेलले ओभरहिटिङ हुने समस्या समाधान नभएसम्म अन्य प्रयोगकर्तालाई पनि प्रयोग नगर्न अनुरोध गरेको थियो । सफ्टवेर फिक्स गरेर यो समस्या समाधान गर्ने कोसिस इन्टेलले गर्यो तर अन्ततः सफल हुन सकेन ।

७. सामसुङ वासिङ मसिन
\"samsung सामसुङलाई नोट ७ लेजस्तै वासिङ मसिनले पनि झड्का दियो । वासिङ मसिन पड्किने घटना भएपछि सामसुङले अफ्ना ३४ मोडेलका २८ लाख भन्दा बढी वासिङ मसिन फिर्ता बोलाउन बाध्य भयो । विभिन्न ठाउँमा वासिङ मसिन पड्किएर ९ जना घाइते हुन पुगे भने कतिका मसिन बिस्फोट भएर राखेको भित्तो भत्किएका समाचारहरु आए । समसुङले फिर्ता लिने उद्द्घोष गरेको दिनबाट ३० दिनअघिसम्म खरिद गरेका सबै वासिङ मसिन खरिदकर्तालाई खरिद गर्दाको मूल्य फिर्ता गर्यो भने त्यसभन्दा अघि खरिद गरेका मसिनमा आएको समस्यालाई रिप्लेस तथा निःशुल्क घरमै रिपेयर गर्ने व्यवस्था गर्यो ।

८. माइक्रोसफ्ट ब्यान्ड २
\"microsoft माइक्रोसफ्टको ब्यान्ड २ फिटनेश ट्राकरले पनि सफलता पाउन सकेन । धेरै महत्वकांक्षी मानिएको ब्यान्ड २ मा अघिल्लो ब्यान्डभन्दा खासै सुधार गर्न सकेन । फिटबिट तथा एपल वाचलाई टक्कर दिने उद्देश्यले माइक्रोसफटले ब्यान्ड २ ल्याएको थियो तर हार्ट–रेटले सटिक नतिजा दिन नसकेको र ब्याट्री चाँडै सकिने कमजोरीका कारण यो प्रडक्ट फ्लप हुन पुग्यो । माइक्रोसफ्टले गत अक्टोबर ३ बाटै यस्को उत्पादन बन्द गर्यो भने अगामि दिनमा ब्यान्ड ३ ल्याउने कुनै योजना नरहेको कुरा जनाइ सकेको छ ।

९.पेबल स्मार्टवाच
\"pebble स्मार्टवाचका लागि सन् २०१६ खराब सवित भयो । त्यसमा पनि सबैभन्दा खराब भने पेबल स्मार्टवाचलाई हुन पुग्यो । ठूलो ऋण र नाफा कमाउन नसक्ने अवस्था आएपछि आफ्ना सफ्टवेर फिटबिट कम्पनीलाई बेच्न बाध्य भयो । लामो समायदेखि स्मार्टवाच उत्पादन गर्दै आएको पेबल ले विकासका चरणमा रहेका आफ्ना सबै हार्डवेरहरु क्यान्सिल गर्यो । उसले प्रयोगमा गइसकेका स्मार्टवाचका लागि एक्टिभ सपोर्ट पनि बन्द गर्नुका साथै दैनिक काम बन्द गरिसकेको छ । अब पेबललाई फिटबिटले खरिद गरिसकेपछि पेबल स्मार्टवाच प्रयोगकर्ताहरुले सफ्टवेर अप्डेट, रिप्लेस्मेन्ट चार्जर तथा वारेन्टी सर्भिस पनि प्राप्त गर्नबाट वञ्चित भएका छन् ।

१०. याहू मेल ह्याकिङ
\"Yahoo-mail-Hacked-compromised\" याहूले सन् सन् २०१३ र २०१४ मा आफ्ना युजरका अकाउन्ट ह्याकिङ भएका दुई वटा घटनाहरु बल्ल २०१६ मा सार्वजनिक गर्यो । पहिलो पटक सार्वजनिक गरेको रिपोर्टमा उसका ५० करोड प्रयोगकर्ताका अकाउन्ट ह्याक भएको र दोस्रो रिपोर्टअनुसार १ अर्व प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको घटना सार्वजनिक गर्यो जुन विश्वमै सबैभन्दा ठूलो टाडा ह्याकिङ भएको घटना हो । याहूले यस्तो घटना यस्तो बेला सार्वजनिक गर्यो जब उसले अफूलाई ४ अर्व ५० करोड अमेरिकी डलरमा भेरिजन नामक कम्पनीलाई बेच्न लागेको थियो तर यस घटाना पछि भेरिजोनले याहूले मागेजति दिन नसक्ने भन्दै मूल्य खटाइरहेको छ ।