कीवर्डहरू -

डिजिटल वालेट मोरूबाट टपअप गर्ने महिला प्रयोगकर्तालाई ९ प्रतिशत बोनस

डिजिटल वालेट मोरूबाट टपअप गर्ने महिला प्रयोगकर्तालाई ९ प्रतिशत बोनस

डिजिटल वालेट मोरू अन्तर्राष्ट्रिय नारी दिवसको अवसर ‘नाइन फर नारी’ अफर ल्याएको छ । महिला प्रयोगकर्तालाई लक्षित गर्दै मोरूले नाइन फर नारी अफर ल्याएको हो । 

यो अफरको लाभ सन् २०२४ मा मोरूमा दर्ता भएका महिला प्रयोगकर्ताले ‍पाउने छन् । यस अफर अन्तर्गत प्रत्येक टपअपमा ९ प्रतिशत बोनस पाउने छन् ।

अफरमा सहभागी हुन केवाईसी भेरिफाइ भएको हुनुपर्नेछ । ‘नाइन फर नारी’ अफरले महिलालाई डिजिटल भुक्तानीप्रति प्रेरित गर्ने मोरूले जनाएको छ । यो अफर मार्च ३१ सम्म लागु हुनेछ । 

यस बाहेक मोरूबाट टिभीको बिल तिर्दा ३ प्रतिशत, डाटा भ्वाइस प्याकमा २ प्रतिशत, इन्टरनेटको बिल भुक्तानीमा ५०० रूपैयाँसम्म र फ्लाइट बुकिङमा १५० देखि ५०० रूपैयाँसम्मको बोनस दिदै आएको छ ।  

यसका साथै मोरूबाट अन्य डिजिटल वालेटमा समेत रकम ट्रान्सफर गर्न सकिन्छ ।