काठमाडौं । सन् २०२६ मा स्थापित ताजा इनिसिएटिभ नेपाल, काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न अनुसन्धान, वायु गुणस्तर निगरानी र प्रमाणमा आधारित समाधानहरूको प्रवद्र्धनमा संलग्न एक गैर–नाफामूलक संस्था हो ।
अनुसन्धान, डेटा, निगरानी र जनचेतना पहलहरू मार्फत, ताजा इनिसिएटिभ नेपालले भरपर्दो वातावरणीय जानकारीमा पहुँच सुदृढ गर्न र स्वस्थ सहरी वातावरणतर्फ प्रमाणमा आधारित कार्यहरूलाई समर्थन गर्न काम गर्दछ ।
संस्थाको शुभारम्भसँगै काठमाडौं उपत्यकाका १,२०० बासिन्दाहरूको नयाँ सर्वेक्षणका निष्कर्षहरू पनि सार्वजनिक गरिएको छ, जसले वायु प्रदूषणप्रतिको जनचासो र भरपर्दो वायु गुणस्तर जानकारीमा पहुँचबीचको ठूलो खाडललाई उजागर गरेको छ ।
ताजा इनिसिएटिभ नेपालद्वारा काठमाडौं उपत्यकाका १,२०० बासिन्दाहरूमा माझ गरिएको सर्वेक्षणले एक विरोधाभास देखाएको छ– जहाँ ८१.२ प्रतिशत ले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रूपमा मूल्याङ्कन गरेका छन्, वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशत ले आधिकारिक डेटाको सट्टा आफ्नै इन्द्रियहरू (गन्ध, दृश्यता, र आँखामा हुने जलन) मा मात्र भर पर्छन् ।
आईसीटी समाचार