स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषणा गरिएको छ । नेपालको कृषि क्षेत्रमा डिजिटल नवप्रवर्तनको समुन्नतिका लागि एग्री डिजी टेक च्यालेन्ज परियोजना एक वर्षसम्म सञ्चालन हुनेछ ।
यस परियोजनाले कृषि उत्पादन, दक्षता तथा दिगोपनको प्रवर्द्धनका लागि डिजिटल प्रविधिकामार्फत कृषिप्राविधिक नवव्यवसाय साना तथा मझौला व्यवसाय तथा ठूला व्यवसायलाई पहिचान एवम् सहयोग गर्ने उद्देश्य राखेको छ ।
यस परियोजनाले सहकार्य तथा मार्गदर्शनको मञ्च प्रदान गरि डिजिटल उपायको विकासका साथै नेपालमा कृषिक्षेत्रको प्रवर्धन गर्नेछ । यस बारे ट्यान्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्यले नेपालको कृषिक्षेत्रको रुपान्तरणका निम्ति डिजिटल नवप्रवर्तनको भूमिका महत्वपूर्ण हुने र परियोजनाले कृषक तथा कृषि क्षेत्रका समस्या हल गर्न उद्यमीलाई सशक्तिकरण गर्ने बताए ।
यस परियोजनाले कृषिक्षेत्रका परामर्शदाता, कृषि-बीमा कम्पनीहरु, अन्लाईन बजार, वित्तीय सेवा प्रदायक, भन्डारण तथा यातयात सुविधा प्रदान गर्ने व्यवसाय लगायतका कृषिक्षेत्रका नवप्रवर्तनहरुलाई लक्षित गरेको छ ।
यस च्यालेन्जले ५ देखि ८ महिनाको अवधिमा चुनिएका नवव्यवसाय, साना तथा मझौला व्यवसाय तथा ठूला व्यवसायको विकास तथा सामाजिक प्रभाव सिर्जना गर्नका लागी एक्सिलेरेटरका साथसाथै मेन्टरिङ्ग, प्राविधिक सहयोग, लगानी अवसरद्वारा सहयोग पुर्याउने छ ।
यस च्यालेन्जको विजेतालाई स्वीस सरकार विकास सहयोग एसडीसीबाट लगानी प्रदान गरिने बीड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजीव शाक्यले जानकारी दिए ।
एग्री-डिजी-टेक च्यालेन्जको आवेदन खुला भइसकेको छ । आगामी अगस्ट ३० सम्म आवेदन दिने सकिने छ । यदी तपाई पनि यसमा आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।