कीवर्डहरू -

आईफोन १७ एयर ल्याउँदै एप्पल, अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने

आईफोन १७ एयर ल्याउँदै एप्पल, अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने

एप्पल आईफोन १७ एयरको लन्च गर्ने तयारीमा छ । रिपोर्टहरुका अनुसार कम्पनीले नयाँ आईफोन मोडेलमा काम सुरु गरिसकेको छ । पछिल्लो रिपोर्टअनुसार, यो आईफोन १७ सिरिजको हिस्सा हुनेछ ।

यसलाई वर्षको अन्त्यसम्म लन्च गरिने छ । एयर ब्रान्डिङ अन्तर्गत कम्पनीले म्याकबुक प्रस्तुत गर्दछ । तर अब यस्तो देखिन्छ कि कम्पनी सोही ब्रान्डिङअन्तर्गत आईफोन पनि बजारमा उतार्नको तयारी गर्दैछ । 

जनवरी २००८ मा सान फ्रान्सिस्कोमा भएको म्याक वल्र्ड कन्फेरेन्समा लन्च गरिएको म्याकबुक एयर 'एयर’ ब्रान्डिङ भएको पहिलो एप्पल उपकरण थियो । एप्पलको एयर मोडेल अहिलेसम्मकै सबैभन्दा स्लिम आईफोन हुन सक्ने अनुमान गरिएको छ । आईफोन १७ एयर हालका आईफोनहरूभन्दा २ मिमी पातलो हुने भएकाले सबैभन्दा पातलो आईफोनको उपाधि जित्ने प्रयास गर्नेछ ।

आईफोन १७ एयर एप्पलको इन–हाउस सेलुलर मोडेम कोडनेम सिनोपलाई प्रस्तुत गर्ने उपकरणको हिस्सा हुन सक्छ । एप्पल क्वालकममा आफ्नो निर्भरता कम गर्नका लागि केही समयदेखि यसमा काम गरिरहेको छ । अनुमान छ कि यो मोडेम बजेट आईफोन एसई भित्र लन्च गरिनेछ ।

एप्पलले आफ्नै वाईफाई र ब्लुटुथ चिप्समा पनि काम गरिरहेको छ । यी चिप्सलाई आईफोन १७ सिरिजमा प्रस्तुत गरिन सक्नेछ । तर आईफोन १७ एयर मा पनि यी चिप्स हुने वा नहुने विषयमा कुनै जानकारी बाहिर आएको छैन् ।

यसमा ए१९ बायोनिक प्रोसेसर पाइने कुरा भनिएको छ। फोटोग्राफीका लागि ४८ मेगा पिक्सेलको प्राइमरी क्यामेरा सेटअप उपलब्ध हुन सक्ने अनुमान छ । यसमा ६.६ इन्चको डिस्प्ले उपलब्ध हुनेछ । अपकमिंग आईफोन एयर मोडेलमा एप्पल इंटेलिजेन्सका धेरै सुविधा उपलब्ध गराइनेछ ।

यसको अनुमानित मूल्यको कुरा गर्दा, यो १२८–१४४ हजार रुपैयाँको बीचमा लन्च हुन सक्ने छ । किनकि कम्पनीले यसलाई सिरिजको प्लस मोडेलसँग रिप्लेस गर्दैछ, यसको अर्थ आईफोन १७ प्लस मोडेलजस्तै यसको मूल्य हुनेछ ।