कीवर्डहरू -

एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने

एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने

एप्पलले अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक गर्ने भएको छ । एप्पलले बिजनेस कनेक्ट कार्यक्रममा यसको बारे जानकारी दिएको थियो । 

अर्को वर्ष बिजनेस कलर आईडी सेवा सार्वजनिक भएपछि कम्पनीहरूले नाम, लोगो र विभाग देखापर्ने गरी दर्ता गर्न सक्ने छन् । 

यसले मानिसहरूलाई स्प्याम र वास्तविक कलहरू छुट्याउने सहयोग मिल्ने बताइएको छ । यस बाहेक कम्पनीले मेल र फोन एपभित्र ब्राण्ड जानकारी पनि थप्दै छ । 

सहभागी कम्पनीले कन्ट्याक्टलेस भुक्तानीका लागि ट्याप टु पे सुविधामा आफ्नो लोगो पनि थप्न सक्ने छन् । सन् २०२३ मा एप्पलले म्याप्स, सिरी, म्यासेज र वालेटमा सूचीकरणका लागि बिजनेस कस्टुमाइजेसन सुविधा ल्याएको थियो ।