कीवर्डहरू -

सानिमा बैंकका ग्राहकलाई कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन दिँदा ५० प्रतिशत छुट

सानिमा बैंकका ग्राहकलाई कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन दिँदा ५० प्रतिशत छुट

सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । 

यो योजना फागुन २५ देखि लागू हुने बैंकले जनाएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ सम्म आवेदन दिनुपर्नेछ । साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५ सम्म आवेदन दिनुपर्नेछ ।

उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन् ।